नारायणकाजीको दौडधुपले कांग्रेसमा खैलाबैला

समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेता र कार्यकर्ता काम गर्नभन्दा पनि ज्योतिष शास्त्रको निर्देशन पुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक पटक देशको प्रधानमन्त्री बन्ने र अन्तर्राष्ट्रिय सभाहरुमा रमाएर विदेश घुम्नको लागि गठबन्धन बनाउने काममै दौडधुप गरिराखेका छन् । कांग्रेसभित्र देउवालाई अगाडि सारेर खानेहरुको ठूलो जमात छ । त्यो जमातको काम ठूला ठूला ठेक्कापट्टा हात पार्ने कमिशन खाने मै छ । प्रहरीभित्र भाँडभैलो चलाएर राज्य आतंक सिर्जना गर्ने किसानलाई मल नदिने बरु सीमा क्षेत्रबाट तस्करी चलाउने, भन्सार र सशस्त्र प्रहरीलाई परिचालन गर्ने काम बिचौलियाले गरेका छन् ।
यस्तो बेथिति बुझेर र जानेर माओवादीका कम्बल ओढेर घ्यू खाने काजी सक्रिय छन् । यो बेला काजीको अगाडि कांग्रेस पार्टी नेता लत्रक्कै भएकै छन् । किनकि कुरा तिनैले चर्का गर्छन । नेपाली कांग्रेसको घमण्डले एमालेले ओली पथकै बाटो लिएको छ । काजी यो कुरा बुझ्छन् । प्रधानमन्त्री देउवालाई २०७४ सालको चुनावमा वाम गठबन्धनले सोत्तर बनाएको थियो । वाम घटकहरु मध्येको नेकपा माओवादीभन्दा पनि त्यो बेला कांग्रेसले प्रत्यक्षमा १४ सिट कम ल्याएको थियो । अर्थात् त्यो बेला कांग्रेस २३ सिट, माओवादी ३७ सिट, एमाले ८० सिट जितेको हो । त्यही बेला यी काजीले चुनाव हारेका थिए । पछि राष्ट्रिय सभामा लगियो ।
अहिले एमालेको ८० सिटबाट १४ जना नेकपा एस पार्टी गठन गर्न पुगेका छन् । तर पनि संसदमा एमाले ठूलो दल रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र समाजवादीभन्दा संसदमा १० सिट प्रत्यक्ष रहेको लोकतानित्रक समाजवादीलाई मन्त्रालय फुटाएर ल्याउन खोज्नुको कारण छिमेकी भारत पनि खुसी होस् भन्ने हो । भारतले जता पठाउँछ त्यतै जाने मधेसी दलमध्ये महन्थ ठाकुर र राजेन्त्र महतो जस्ता नेता चर्चित छ ।
त्यो समूह स्थानीय चुनावमा भने नेकपा एमालेको साथमा थियो । यसलाई स्थानीय चुनावमा नेकपा एकीकृत समाजवादीकै जस्तो हाराहारी प्राप्त हुन्छ । समयमा कांग्रेसले एमालेसँग एकता कसरी गर्ला ? आम चासोको विषय भनेको एमाले गठबन्धन भत्काउन लागेको थियो । नेपाली कांग्रेस वाम तालमेल नहोस् भन्नेतिर छ । कांग्रेसमा डा.शेखर कोइराला तालमेलविरुद्ध छन् । प्रधनमन्त्री देउवालाई यसबखत अमेरिकी पक्षबाट नेपालमाथि अपनाइएको हस्तक्षेपकारी रवैयाले छोएको छैन । यही बेला माओवादी नेता नारायणकाजी श्रेष्ठको एमाले र नेकपा एसका नेताहरुसँगको उठबसले कांग्रेस झस्केको छ । कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनतामारा नीति नियम लिएको छ । एमालेको सरकारमा हुँदापनि यस्तै स्थिति त्यस्तै बनेको थियो ।
एमालेले ओम्नी हुकाम थामसेक र बतास समूह मात्र होइन अग्रवाल समूहको सेवक बनेर राजस्व ध्वस्त बनायो । अहिले प्रधानमन्त्री देउवा पत्नी डा.आरजु राणा र साला भुषण राणाले त्यही नीति लिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *