जङ्गली च्याउ खाँदा १५ जना बिरामी

शिक्षा/स्वास्थ समाचार

रुपन्देही । बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार बुटवल–१२ नयाँगाउँका ६ जना र बुटवल ४–लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेका हुन् ।

उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ । अरु बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *