सिटिजन्स बैंकको सेयर भर्ने आज अन्तिम दिन

अर्थ/वाणिज्य समाचार

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असार २ गते, बिहीबारदेखि बिक्री खुल्ला गरेको लिलामी सेयरमा आवेदन दिने आज असार १६ गते, बिहीबार अन्तिम दिन रहेको छ ।

बैंकले २ लाख ६६ हजार ९ सय ९९ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गरेको हो । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघरसंस्थाहरूले आजसम्म आवेदन दिन सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय ६३ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सेयर खरिद खर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । सो भन्दा बढीको लागि १००० को गुणामा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, बैंकको सेयर बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *