कार्यवाहक प्रधानमन्त्री सिंहको टोलीसँग छलफलका लागि शिक्षक महासंघको प्रतिनिधि तयार

विविध समाचार

काठमाडौं ।कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।

शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री, मुख्य सचेत, प्रमुख सचेतक पनि सहभागी हुने भएका छन् ।

बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । तर सरकारले बोलाएको बैठकमा सहभागी नहुने संकेत महासंघका पदाधिकारीले दिएका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन् । २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् । यद्यपि, कार्यवाहक प्रधानमन्त्री सहितको वार्तामा सहभागी हुने नहुनेबारे निर्णय गर्न महासंघका नेताहरू छलफलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *