प्रधानमन्त्री ओली र मोदीबीच आज भेटवार्ता हुने

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेपछि ओलीले मोदीलाई भेट्ने कार्यक्रम तय भएको हो ।

भेटवार्ता सम्मेलनको दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे बैङ्ककस्थित होटेल साड्ग्रिलामा भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका छन् । बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आजै साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *