आज माओवादी पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाँमा धर्ना दिएको छ ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आफूहरूको माग पुरा गर्नका लागि दबाब दिने उद्देश्यले शुक्रबार माओवादी पार्टी कार्यालयमा धर्ना दिएको हो ।
सरकारले आफूहरूसँग यसअघि गरेका सहमति कार्यान्वयन गर्दै त्यसका आधारमा संसद्को चालू अधिवेशनबाटै विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने आफूहरूको माग रहेको महासंघले जनाएको छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिनुको साथै चैत्र ७ देखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *