काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा.टंक वाराकोटी नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार रिक्त रहेको महानिर्देशकको जिम्मा दिएका हुन् । तत्कालीन निर्देशक डा.विकास देवकोटालाई नेपाल सरकारले बिहीबार स्वास्थ्य सचिवमा बढुवा गरेसँगै सो पद रिक्त रहेको थियो ।