काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्ममा ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार चार सय रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता रहेको छ ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन २८ गतेसम्ममा चार सय २७ वटा आयोजनाहरूमा लगानी प्रतिबद्धता आएको छ । आयोजनाहरूबाट ११ हजार ४७५ जनालाई रोजगारी पाउने छन् ।
आठ महिनाको अवधिमा लगानी प्रतिबद्धता आएकोमध्ये ४६ वटा आयोजनाले नेपाललाई प्रविधि हस्तान्तरण गर्ने भएका छन् ।