भूमि र संघीयमन्त्रालय विचौलिया खड्को कब्जामा

राजनीति समाचार

काठमाडौं । कांग्रेस र एमाले सरकारलाई माफिया र विचौलियाहरुले गुमहारामा पारिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय एमालेले सम्हालेको छ । ती मन्त्रालयमा नामुद खेलाडी प्रमोद खड्काको हालीमुहाली चल्ने गरेको छ । खड्काले विगत २०६५ सालदेखि यातायात कार्यालयमा विचौलियाको काम गर्दै आएका थिए ।

त्यसपछि २०७० सालबाट भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा छिरेका थिए । अहिले सो मन्त्रालयसँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय कब्जा गर्न सफल भएका छन् । खड्काले कुनै जागिर अथवा व्यापार व्यवसायी नगरी विचौलियाकै कामको भरमा सात दोबाटोस्थित जेम्स स्कूल नजिकै जग्गा खरिद गरी भव्य महल खडा गरेका छन् । त्योसँगै उपत्यकाभित्रका विभिन्न मालपोत कार्यालयका खरिदार, नासु र शाखा अधिकृत सरुवा गरेर हप्तामा प्रतिव्यक्ति ५० देखि ७० हजारसम्म असुल्दै आएका छन् ।

अहिले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय यिनै विचौलिया प्रमोद खड्काको कब्जामा रहेको छ । खड्काले मन्त्री सम्बन्धितमन्त्री र उच्च तहका कर्मचारीको घरमा दानापानीको व्यवस्था गर्ने गरेको स्रोतको भनाइ छ । विचौलिया खड्काले पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि आफ्नो कब्जामा लिएका छन् । उपत्यकाका कर्मचारीलाई मोफलका मालदार ठाउँमा पठाउने र मोफसलका कर्मचारी उपत्यकाको मालदार अड्डामा सरुवा मिलाएर करोडौंको चलखेल गर्ने गरेको स्रोतको दावी छ ।

उनै खड्का संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अमेरिका भ्रमणमा जाँदा एयरपोर्टसम्म पु¥याउन गएका थिए । एमालेबाट बनेका भूमि र संघीय मामिलामन्त्रीलाई यिनै विचौलिया खड्काले दिनप्रतिदिन बद्नाम गराउँदै लगेका छन् । त्यतातिर सम्बन्धित निकायको ध्यान जान सकेको छैन । खड्का प्रायःजसो भूमिमन्त्रालयको मन्त्री र सचिवको सचिवालयमा भेटिन्छन् । मन्त्रालयमै बसेर खड्काले कर्मचारी सरुवाको सेटिङ मिलाउने, कर्मचारीहरुलाई फोन गरेर तपाईंलाई यस्तो मिलाइदिएको छु, उस्तो मिलाइदिएको छु भनेर गुमारहामा पार्ने काम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *