जुरेलीमाथि दुर्व्यवहार गर्ने युवा विरुद्ध जाहेरी

समाचार

काठमाडौं । असार १५ मा नेकपा एमालेको भातृ संगठन रष्ट्रिय युवा संघ नेपालको आयोजना भइरहेको धान दिवसको कार्यक्रम रेस्लर अस्मिता सुनार उर्फ अस्मिता जुरेलीमाथि दुव्र्यवहार गरेको आरोपमा एक युवा विरुद्ध जाहेरी परेको छ ।

रेस्लर जुरेलीले हिलो खेल्ने क्रममा आफूमाथि दुर्व्यवहार गरेको भन्दै युवा संघका केन्द्रीय सदस्य हिलारी भन्ने हिकमत बोहराविरुद्ध जाहेरी दिएकी हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरमा बोहराविरुद्ध अभद्र व्यवहार र दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता भएको बताइएकोछ ।

युवा संघले नै बुधबार भैंसेपाटीमा आयोजना गरेका कार्यक्रममा रोपाइँ उत्सव मनाउदै गर्दा उनलाई पछारेको भिडिओ सार्वजनिक भएको थियो । घटना लगत्तै उनले आपत्ति जनाएपछि लफडा भएको थियो ।

जुरेलीको कपडा पनि च्यातिएको थियो । उनीहरुबीच लफडा भएपछि अन्यले पछि छुट्याएका थिए ।

उक्त कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेत पनि सहभागी भएको भएता पनि उनीहरु त्यहाँबाट हिडिसकेका थिए ।

अभिनेत्री करिस्मा मानन्धर समेत घटना हुँदा त्यर्ही भएको जुरेलेले बताएकी छिन् ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *