कांग्रेस नेता बस्नेतद्वारा मकैको गाडा उठाइएका दम्पतीलाई आर्थिक सहयोग

राेजगार समाचार

काठमाडौं । महानगरले मकैको गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन् । सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्नेतसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

नगरपालिकाले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताए । उनले सवारीसाधनको आवतजावत र सर्वसाधारणको आवतजावतमा समस्या नहुने गरी व्यवसाय गर्न सुझावसमेत दिए ।

त्यस्तै, चेतेन्द्र आचार्यले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो गाडा उठाइएको गुनासो गरे ।

प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरूको गाडा जफत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *