युवकको हत्या गर्ने युवती पक्राउ

समाचार

काठमाडौं । सिन्धुलीमा गेष्ट हाउसमा एक युवाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका ६ धुराका सुमन बिकको हत्या गरेको अभियोगमा घ्याङलेख गाउँपालिका ३ तामाजोरकी ३५ वर्षीया मायारानी थिङ पक्राउ परेकी हुन् ।

लोकतान्त्रिक चोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई राति नै पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *