एमाले पार्टी बिगार्ने बढे

समाचार

काठमाडौं । कम्युनिष्ट सिद्धान्त र आदर्शबाट च्यूत भएर सरकार चलाउँदा माफियाकरण र बिचौलिया भएर काम गर्नेहरुबाट नेकपा एमालेका वार्दली बाले मुक्ति नलिने हो भने एमाले संघीय चुनावमा झन् कमजोर हुनेछ । अध्यक्ष ओलीकै गृह जिल्ला झापामा मार्सी धानका पारखी आगामी चुनावमा उम्मेद्वार बन्दा काठमाडौंमा बसेर केपी ओलीकै गुणगान गाउने अग्नि खरेल संकटमा पर्ने भएका छन् ।
केपी ओलीलाई ईश्व पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीभन्दा चिन्ता बढी खगराज अधिकारी, महेश बस्नेत, गोकुल बास्कोटाहरुको रहेको छ । आर्थिक रुपमा ईश्वर पोखरेल, विष्णु पौडेल ओलीकै टिममा पुगेका छन् । राज्यको स्रोत नीतिगत रुपमा लुट्ने हिम्मत देखाउन नसक्ने बिचौलियाहरु केपी ओलीको लागि जरुरी छैनन् । पार्टी फुटाउन माधवलाई उचालेका दश भाइ जहाँ जे पदमा छन् उनीहरुको बारेमा केपी ओलीको चिन्ता छैन ।
ओली दश भाइका अगुवा वाम गठबन्धनको आकांक्षी डा.भीम रावल, घनश्याम भुसाललाई कुनै हालतले चुनाव जित्न दिँदैन । त्यहीकारण युवा नेता भनिएका गोकर्ण विष्ट, योगेश भट्टराई बोलेका छैनन् । रघु पन्थको राजनीतिक धरातल छैन । अष्ट लक्ष्मी शाक्यलाई असफल निवर्तमान मेयरको असक्षमताले सिकाएको छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे र माओवादी त्यागेर एमाले बनेका रामबहादुर थापाको निर्वाचन क्षेत्र चितवन २ पनि सुरक्षित छैन ।
पोखरा महानगरमा पृथ्वी सुब्बा र खगराज अधिकारी बिच भिडन्त गर्दा नेकपा एसले बाजी मा¥यो । कुनै सिद्धान्त विचारले पार्टी चल्न छाडेपछिको राजनीतिमा बिचौलिया र दलालकै राम रमिताभित्र एमाले चल्दा झलनाथले व्यक्त गरेको अवस्थाअनुसार साइज साइजको एमालेसँग गठबन्धन गर्नुपर्छ भन्नु्को कारण केपी ओलीको शैलीको विरुद्ध छन् भन्ने हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *