चट्याङ लागेर युवकको मृत्यु

समाचार

उदयपुर । वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका(५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो ।

चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लािग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

खेतबारीमा काम गरि रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *