काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले बजेटमा व्यवस्था गरिएको ‘टेक एन्ड पे’ संशोधनका लागि अर्थमन्त्रालयलाई पत्र पठाएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा उर्जा मन्त्रालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले जलविद्युत क्षेत्रमा ‘टेक एन्ड पे’ लाई संशोधन गरी ‘टेक अर पे’ बनाउन पत्र पठाएको बताएका हुन् ।
सरोकारवाला र सांसदहरुले बजेटमा ल्याइएको ‘टेक एन्ड पे’ नीतिको विरोध गरेपछि ऊर्जा मन्त्रालयले बजेटमा संशोधन गर्न पत्र पठाएको जानकारी दिएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त राय सुझाव समेतको आधारमा १० मेगावाटसम्म साना जलविद्युत आयोजनाका साथै विद्युत् खपत वा निर्यात सुनिश्चित भएका ठूला रन अफ रिभर आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता टेक अर पे प्रावधान नै गर्न उपयुक्त हुने भएकोले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेठ २७ को पत्रमार्फत संशोधन गरी अर्थ मन्त्रालयमा अनुरोध गरेर पठाएको जानकारी दिएका छन् ।

