फिल्म जेरी २ का लागि अनमोल केसी अनुबन्धित

कला-साहित्य समाचार

काठमाडौं । फिल्म ‘जेरी’ को सिक्वेल ‘जेरी २’ बन्ने भएको छ । सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर फिल्म बनाउन लागेका हुन् ।

फिल्मका लागि अभिनेता अनमोल केसीले समेत अनुबन्धित भएका छन् । काठमाडौंको मेरियट होटलमा निर्माता सरोज, रामकृष्ण र अनमोलबीच फिल्म अभिनयका लागि कागजी सम्झौता भएको हो । फिल्ममा हेमराज बिसीले निर्देशन गर्नेछन् ।

प्रेमकथामा निर्माण हुने फिल्मको लेखन निर्देशक हेमराजकै हो । अनमोल हेमराजकै निर्देशन रहेको ‘होस्टेल’ बाट अभिनयमा डेब्यु गरेका हुन् ।

‘जेरी’ मा अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माले अभिनय गरेकी थिइन् । दोस्रो श्रृंखलामा पनि उनी रहने सम्भावना प्रवल छ । निर्माण टिमले केही चरण आनासँग कुराकानी गरिसकेको छ । तर फाइनल हुन बाँकी छ । नेपाल, अमेरिका र अस्ट्रेलियामा फिल्मको छायाँकन हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *