स्वास्थ्य बीमाको नवीकरण शुल्क अब अनलाइनबाट नवीकरण गर्न सकिने

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने जएको छ । कनेक्ट आइपीएसको माध्यमबाट अव बीमितहरुले आफ्नै बैंक वित्तीय संस्थाको खाता कनेक्ट गराइ सिधै अनलाइन मार्फत भुक्तानी गर्न सक्ने भएको हो ।

नेपाल सरकारले लागु गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बीमित नेपाली परिवारले रु १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हाल सम्म ५३ लाख भन्दा बढी लाभग्राहीहरु रहेका छन् ।

उक्त बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको छ । स्वास्थ्य बीमाबोर्डको डिजिटलाईजेसनको यस कदमलाई बीमितहरुलाई धेरै नै सहज बनाउने विश्वास गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *