अमेरिकी राष्ट्रपति वाइडनले समय दिन नसक्दा देउवाको भ्रमणमा ढिलाई

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री शेरबहदुर देउवाले यहि असार २८ गतेबाट अमेरिकाको औपचारिक भ्रमण गर्ने समय तालिका बनाएका थिए । अमेरिका भ्रमण गर्नुपुर्व आम निर्वाचनको मिति घोषणा गर्ने तथा लोकतान्त्रिक समाजवादीलाई सरकारमा सामेल गर्ने योजना प्रधानमन्त्री देउवाको रहेको थियो ।

तर, अहिलेसम्म अमेरिकी सरकारको तर्फबाट प्रधानमन्त्री देउवालाई समय तालिका सहितको भ्रमण नीति आउन सकेको छैन । समाचार सुत्रका अनुसार अमेरिकी राष्ट्रपति जोवाइडेन सँगको भेटवार्ताको समय ह्वाइट हाउसले निर्धारण गर्न नसक्दा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण निश्चित हुन नसकिरहेको हो ।

बद्लिदो विश्व राजनीति स्थितिमा अमेरिकको दृष्टिमा नेपालको भूमिका बढ्न गएको छ । यहि कारणले गर्दा अमेरिकाले नेपालसँग एक पछि अर्काे गरी रणनीतिक र सैनिय महत्वका सन्धी सम्झौता गर्ने क्रम अगाडि बढाएको छ ।

र, अहिले अमेरिकाले नेपाललाई यो क्षेत्रमा तालिवानलाई भन्दा बढि महत्व दिन थालेको छ । यो कारणले गर्दा पनि अमेरिकी राष्ट्रपति जोवाइडेन नेपालका प्रधानमन्त्री देउवासँग प्रत्यक्ष भेटेर कुराकानी गर्ने र दुइ देशबीचको सम्बन्ध थप बढाउने पक्षमा छन् ।

तर, रुसी रुक्रेन युद्धको कारण समय दिन नसकेकाले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण निश्चित हुन सकेको छ्रनै ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *