सशस्त्र भित्रको आर्थिक हिनामिना छानबिन होला ?

समाचार

काठमाडौं । सशस्त्र प्रहरी बलमा आर्थिक वर्षको अन्तमा विभिन्न शिर्षकमा विनियोजन भएको रकम पछर्याैट गर्न निकै कठिनाई भएको छ । कारण पूर्व आईजीपी शैलेन्द्र खनालले आफु घर जानै लाग्दा सबै फर्जी बिल बनाएर रकम हिनामिना केन्द्रीय लेखामार्फत भएको उच्च स्रोतले बताउँछ । असारको अन्तमा सकिनुपर्ने बजेट खनालले नै चैतमा नै सबै खर्च गरिसकेकाले लामो समयदेखि स्टेशनरीदेखि अन्य खर्चहरुमा पैसा छैन भन्दै भुक्तानी नदिएको र कुनै अति आवश्यक सामानसमेत नदिएकोले प्रधान कार्यालयको कार्यालय सञ्चालनमा बाधा परेको छ ।
नवनियुक्त आईजीपी राजु अर्यालले भने खर्च मितव्ययी गर्ने र फजुल खर्च रोक्ने इच्छा देखाए पनि लेखापालहरुले आफुखुसी मनोमानी गरिरहेका छन् । सशस्त्रको केन्द्रीय लेखामा कार्यरत एक कर्मचारी शेरबहादुर कठायत विगत ५ वर्षदेखि तेलको जिम्मा लिएर बसेका छन् । पूर्व डीआईजी सुजर श्रेष्ठको आर्शिवाद लिएर लेखा छिरेका कठायत हालका आईजीपीले पनि आफुलाई हटाउन नसक्ने, आफुले सम्पूर्ण सेटिङ गरिसकेको र आईजीपीलाई( पैसाले किनिसकेको भन्दै खुलेआम एपीएफ जिमहललगायतका स्थानहरुमा भन्दै हिँडु्न थालेका छन् ।
सशस्त्र प्रहरी कामु एसएसपी दीपेन्द्र कुँवरको कब्जामा रहेकोले अरु कसैले र आईजीपी समेतले केही गर्न नसक्ने बताउँछन् । उनलाई भानु देउवाको आर्शिवाद भएको छ । भविष्यमा आईजीपी बन्ने दाउमा रहेका कुँवर सि.सं. १ लाई समेत टपेर डीआईजी हुने खेल भयरहेकोले संसदमा समेत सो कुरा उठेको छ ।
सशसत्र प्रहरीको सवारी शाखाबाट १ वर्षमा ३ करोडको गाडी मर्मत भएको छानबिन गर्दा १ करोडको पनि सामान खरिद नभएको सबै कागजमा मात्र बिल प्राप्त भएको र सबै रकम दुईवटा लेखा मिलेर झ्वाम पारेका छन् । हालका आईजीपीले खर्च कटौती र हिनामिना नहोस् भन्ने उद्देश्यका साथ समिति गठन गरी बिल भुक्तानी गर्ने र खर्चको विवरण हरेक स्थानका सूचना पाटीमा टाँस गर्ने भएका छन् ।
एसएसपी दीपेन्द्र कुँवर इन्टेलिजेन्ट ब्यूरोबाट प्रबन्ध महाशाखामा सरुवा भएका छन् भने तत्कालनि लेखाप्रमुख गणेश मल्लको हवेली छानबिन गर्नुपर्ने र लेखा शाखामा बसेर करोडौं भ्रष्टाचार गरेको आरोप मल्लमाथि लाग्दै आएको छ । मल्लले भने अझै पनि आफ्ना वरिपरिका लेखाका कर्मचारीलाई आर्थिक वर्षको अन्तमा ठुलो मात्रामा आर्थिक लाभ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *