नेपाल प्रहरीमा ठुलालाई चैन, सानालाई ऐन

समाचार

काठमाडौं । जताततै आर्थिक वर्षको अन्त्य भएको छ । यस्तै सशस्त्र प्रहरी बलभित्र पनि आर्थिक वर्षको अन्त्यमा विभिन्न शिर्षकमा खर्च गरेर भ्रष्टाचार गरेको आरोप खेपिरहेका छन् । उता नेपाल प्रहरीमा पनि आर्थिक वर्ष लागेसँगै सरुवा बढुवाको खेलोफड्को चल्दैछ । विगत लामो समयसम्म लेखा शाखमा बसेर आर्थिक लाभ हासिल गर्दै आएका नेपाल प्रहरीका लेखापालहरुको कुरा गरेर साध्य छैन । सशस्त्र प्रहरीमा जस्तै नेपाल प्रहरीमा पनि विभिन्न सामान खरिदमा भ्रष्टाचार हुँदै आएको छ । कतिपय नेपाल प्रहरीका जवानको खानाको कुपनदेखि जुत्ता पालिस, डे«स, खाजाखर्चलगायतका सामानमा लेखा शाखाका प्रहरीले पुस्तौं पुस्तालाई पुग्ने कमाएको आरोप छ । यस्तै नेपाल प्रहरीमा आर्थिक वर्ष लागेसँगै रासन खरिददेखि डिजेल, पेट्रोल खरिद, गाडी मर्मत, गाडी खरिद विभिन्न सामानको टेण्डरको सूचना, पक्राउ गरेका व्यक्तिलाई थुनामा राखिएको खर्च इत्यादी देखाएर खाने गरिएको छ । बजेटमा लेखा शाखा र आर्थिक प्रशासनबिच मिलेमतोमा भ्रष्टाचार हुने गरेको छ । खासगरी प्रहरीले पाउँदै आएको फिल्ड भत्ता, रासनभत्ता देखि प्रहरीको पोशाकमा समेत मोनोपोली हुँदै आएको छ । प्रहरीले स–साना दर्जाका सिपाही, सहायक हवल्दार, हवल्दार, असई, सईजस्ता कर्मचारीलाई हेप्ने गरेको गुनासो आउने गर्दछ । डिउटीमा रातभरी सिपाही, हवल्दार, असई खटिनु पर्ने र अन्य ठूला पदका प्रहरी मोजमस्तीमा रमाउने गरेका छन् ।
अहिले सरकारले प्रहरीको सरुवा बढुवामा आफ्नो मान्छेलाई माल्दार ठाउँमा पठाउने र आगामी संघीय र प्रदेशको चुनावलाई मध्यनजरी गरी पैसा उठाउने खेलाफड्को गरेको आरोप गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्रीका साला भानु देउवामाथि लागेको छ । तर गृहमन्त्रीले सरुवा बढुवामा व्यापक खेल गरेको बताइन्छ । केही पुराना प्रहरीले आफु बढुवा हुन नपाएपछि बढुवाको लागि हारगुहार गरिराखेका छन् । तर बढुवा हुन कि पैसा चाहिन्छ, कि त प्रहरीमा आफ्नो मान्छे नै । आफ्नो मान्छे नभएका कारण सँधै उकै ठाउँमा बस्नु परेको, अन्यत्र जान नपाएको जस्ता गुनासाहरु प्रहरीभित्र हुने गरेका छन् ।
अहिले डीएसपी, एसएसपीजस्ता पदमा बढुवा हुनको लागि मरिमेटेर लाग्ने गरेको बताइन्छ । तर के गर्नु पैसा कमाउन नसकेपछि न त सरुवा हुन पाइन्छ, न त बढुवा नै । न त कमाई हुने ठाउँमा नै बस्न पाइन्छ भन्दै प्रहरी भित्रै गाइँगुइँ र गुनासो चल्ने गरेको छ । ‘पत्रकारले समाचार लेखेपनि कसैले सुन्दैनन् । उल्टो पत्रकारले प्रहरीसित पैसा लिने गरेका छन् । ठुला हाकिम र पत्रकार मिलेपछि सानो सिपाहीको गुनासो कसले सुन्ने ? सिपाहीले न पत्रकारलाई चढाउन सक्छ, न त ठुला हाकिमलाई रिझाउन सक्छ । यसकारण पनि प्रहरीको जवानको कुरा सुन्ने कोही छैन ।’ भन्दै एक प्रहरी जवानले दुख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *