मन्त्रीबाट हट्दा यादवले फोन सेट पनि बोके

समाचार

काठमाडौं । मौका पाउँदा सरकारी निवासको चम्चा, काँटा, गिलास पनि नछाड्ने नेकपा मसालका तत्कालीन नेता लिला थापाको व्यवहार अनुशरण गर्दै जसपाका नेता महेन्द्र राय यादवले मन्त्री निवासबाट घरायसी प्रयोजनको सामाग्री ओसारेका छन् । पहिला एमालेका महेन्द्र राय यादव मधेस आन्दोलनपछि तराई मधेस लोकतानित्रक पाटीृमाा लागेका नेता हुन् । काठ व्यापारी यादव एमालेबाट हेपिनुको कारण रघुवीर महासेठहरुको आगमन थियो । यादवले सराकरी निवासको फोनसेट झ्याल ढोकाको पर्दा, पंखा, प्रिन्टर, कम्प्युटर, लुगाधुने मेसिन समेत लगेका छन् ।
मनत्री क्वार्टरको रेखदेख गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्छ । पहिले यो काम गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय समन्वय इकाईले गथ्र्याे । आवास क्षेत्र भित्रको खानेपानी, विद्युत, सडक मर्म गर्ने दायित्व त्यही सचिवालयको हुन्छ ।
मन्त्री पदबाट हटेपछि ७ दिनदेखि १५ दिनभित्र आवास त्याग्नुपर्ने नियम छ । तर कतिपयले समयमा आवास नछाड्दा नयाँ मन्त्रीहरुले समस्या झेल्ने गर्छन । रामकुमारी झाँक्री आफ्नो घर भएर पनि समयमा आवास नछाड्दा मेटमणि चौधरी संकटमा परेको समाचार आएकै थियो. । तर नैतिक नभएकाले यस्तै गर्छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *