प्रेस युनियनमा दर्जन उम्मेद्वार, कसले मार्ला बाजी ?

समाचार

काठमाडौं । सत्ताको स्वादमा रमाउने राजनीतिक दलका नेताले समयमा संगठन क्रियाशील बनाउन चाहँदैनन् । त्यो रोग नेपाली कांग्रेसको प्रेस युनियन र माओवादी केन्द्रको प्रेस सेन्टरलाई लागेको छ । तर प्रेस चौतारीले भने समयमा महाधिवेशन नगरेर नेतृत्व चुन्ने गर्छ । प्रेस सेन्टरले आठौं महाधिवेशन गरेको ६ महिना बित्यो । अध्यक्ष विष्णु सापकोटा छन् । उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष चयन भएका छैनन् । २९९ सदस्यीय केन्द्रीय समिति बनेको प्रेस सेन्टरजस्तै गिजोलिएको नेपाली कांग्रेसिको प्रेस युनियनमा पत्रकारभन्दा पार्टी कार्यकर्ता धेरै हुँदा ९ वर्षसमम युनियनले महाधिवेशन गर्न सकेन । अब साउन ६ र ७ गते हेटौंडामा महाधिवेशन गर्दैछ ।
गुटको आधारमा अध्यक्ष बन्न प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला, कृष्ण सिटौलाको टिममा पर्न पत्रकार हौं भन्ने हरुले दौडधुप गरेको छन् । युनियनमा गोरखापत्र, रासस, रेडियो नेपाल टेलिभिजनमा कार्यरत पत्रकार टोलीको बाहुल्यता छ । छापा पत्रकारितासँग जोडिएर निजी छापाहरुमा आवद्ध भएकाहरुले नेतृत्व पाउन कठिन हुन्छ । त्यसैले ९ वर्षको यो अवधिमा अध्यक्षको लागि अनिता विन्द्, दामोदर दवाडी, दीपक आचार्य, ईश्वरी ओझा, रामजी दाहाल, शिव लम्साल, सरोज अधिकारीले उम्मेद्वारीको आंकाक्षा व्यक्त गरेका छन् ।
पार्टी नेतृत्वले हस्तक्षेप गर्ने भएकाले आकांक्षीहरु लविङमा छन् । युनियनका नेतालाई साना लगानीका पत्रकारहरुको पीडाको चासो हुँदैन । किनकि अधिकाशं सरकारी कर्मचारी हुने गर्छन । कांग्रेसले सरकारको नेतृत्व गर्दा र प्रेस युनियनको टिम नेपाल पत्रकार महासंघको नेतृत्वमा रहँदा पत्रकारको पेशागत हितमा काम गर्दैनन् । साना लगानीका संचार गृहको समृद्धिमा त झन् ध्यान दिँदैनन् । अहिलेको समयमा युनियनको अध्यक्ष बद्री सिग्देललाई ९ वर्षसम्म नेतृत्वमा बसेर आम पत्रकारको हितमा के काम भयो भन्ने बताउने र गर्व गर्ने ठाउँ छैन । विश्व प्रेस संगठनको दक्षिण एसिया च्याप्टरको सदस्य छनौट हुँदा बधाई खाने अध्यक्षले आफ्टै पार्टीको सभापति शेरबहादुर देउवा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई समेत ढाँटेका छन् । यस पटक यो जाली कामको भण्डाफोर गर्न खिला कार्कीहरुको टिम अगाडि बढ्दैछ ।
त्यसैगरी, उपाध्यक्ष पदमा लिलाराज खनाल, निरज खतिवडा, महिला उपाध्यक्ष कल्पना शर्मा, सलोजन दाहाल, महासचिव नकुल अर्याल, खिला कार्की, सचिवमा रमेश वाग्ले, शिवराज योगी प्रतिस्पर्धी बन्दैछन् । कांग्रेस सस्थापनले अनितालाई बिन्दुलाई अगाडि सार्दा पदाधिकारीको टिमबाट सदस्य खुला छाड्ने भित्र निर्णय गरेको बालुवाटार स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *