गर्भनर अधिकारी र अर्थ सचिवको राजीनामा खोई ?

समाचार

काठमाडांैं । गल्ती गर्दा राजनीतिक निष्ठा थियो भने बेलामा पद त्याग गरेर संसदको कार्ययोजना सूचारु गर्न बाटो खुला गर्नुपर्छ । तर माओवादीका बद्नाम पात्र जनार्दन शर्माले अन्ततः पद त्याग्नै प¥यो । पार्टीले पनि बजेटबाट राजस्वको दर घटाउने निर्णयको कारण सहयोग गर्ने अवस्था भएन । महाधिवेशन नभएको ८ महिनासम्म पार्टीले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा व्यक्ति छनौट गर्न सकेको छैन । माओवादीमा महाभ्रष्टका रुपमा दिनानाथ शर्मा चर्चित थिए । यसपटक जनार्दन शर्माले झन् चर्चा पाए ।
अर्थ मन्त्रालयको बजेट निर्माणको बेला चौधरी ग्रुप, दीपक भट्ट, दीपक मल्होत्राजस्ता विज्ञको रुपमा प्रवेश गराएर जनार्दन शर्माले राम्रै गरेका रहेछन् । पार्टी अध्यक्ष प्रचण्डलाई समेत जनार्दनको व्यवहारले चित्ता बुझेको थिएन । प्रचण्डले बजेट सम्बन्धी विवाद आउनासाथ आफ्ना गल्ती लुकाएर जनार्दनले इन्डक्सन चुलो वितरण गर्ने हल्ला चलाएका थिए ।
जनार्दनको हल्ला र एमाले अध्यक्ष केपी ओलीघको घर घरमा ग्याँस पाइप जोड्ने हल्ला मिल्दाजुल्दा छन् । पानीजहाज, रेलजस्ता हल्लाको योजनाले एमालेको लागि राजनीतिक वितृष्णको भण्डार जगायो । माओवादीका भ्रष्टले पनि त्यस्तै गरे । जबकि पार्टीमा अधिकाशं नेताले सिसीटिभी फुटेजबाट शर्माको क्रियाकलापले उदांगो बनाउँदा सत्यको पर्दाफास हुन्छ भनिरहेका छन् । अहिले नेकपा माओवादी केन्द्र भित्रका भ्रष्टहरुको नालीबेली खोजी हुँदैछ ।
माओवादीबाट अर्थमन्त्री बनेका डा.बाबुराम भट्टराई, कृष्णबहादुर महरा, वर्षमान पुन यस्तो विवादमा परेका थिएनन् । तर चौधरी गु्रप, दीपक भट्ट, दीपक मल्होत्राजस्ता माफिया र बिचौलियाको हितमा राजस्वको दर घटाएनन् ।
यस पटक शर्माले एमालेका अर्थमन्त्री डा.युवराजले भन्दा दोब्बर अपराध गरे । खतिवडाको बेला प्रतिपक्षी दल चुपचाप बसेको थियो । अहिले त्यो बेलाको एमाले ओलीलाई अर्थ मन्त्रालय भित्रैबाट सूचना दिइएको थियो । जनार्दनले ढाँटेर छल्न सकने अवस्था भएन, पद छोडे । छानबिन समितिको रिपोर्ट नआउँदासम्म शर्मा अर्थमन्त्रीबाट आउट भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *