नेपाल प्रहरीमा योग्यभन्दा भ्रष्ट नै पहिलो

समाचार

काठमाडौं । कार्य सम्पादनमा कमजोर संगठनको हितमा असफल व्यक्तिलाई नै रुचाउने राजनीतिक दबाबबाट नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहले मुक्ति नपाउने भएका छन् । म ताक्छु मुढो, वञ्चरो ताक्छ घुँडो भनेजस्तो प्रहरीको व्यापार भएको छ । कानूनी फेरेर राष्ट्रिय अनुसन्धनबाट नेपाल प्रहरीमा ल्याइएका सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, माधव श्रेष्ठ, डम्बर विक, गणेश चन्द, उमा चतुर्वेदी, ओम राणा, सुरेन्द्र गुरुङ, हिमालय श्रेष्ठ, विमल बस्नेत २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा कांग्रेसी कार्यकर्ता भनि प्रवेश गरेका थिए । बढुवामा यिनैले अग्रस्थान लिएका छन् ।
नेपाल प्हरीमा २०५३, ०५४ र ०५६ मा जागिरे जीवन शुरु गरेका प्रहरी निरीक्षकहरुको अहिले एसएसपी हुने दौड चलेको छ । २०५४ को टोलीको राजन अधिकारी, ईश्वर कार्की, मनोज केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्र भट्ट, मनोज यादव, किसान सिंह थापा, गोविन्द थपलिया, सुदर्शन कोइराला, विनोद घिमिरेको टोली हो । त्यसो त २०५६ सालको विश्व अधिकाारी, सानुराम भट्टराई, ओमप्रका अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, सोमेन्द्र राठौर, सविन प्रधान, दिनेश मैनाली र भुपेन्द्र खत्री छन् । त्यस्तै जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दिपक बस्नेत, जयराम सापकोटा, शारदा चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती, रामेश्वर यादव, दिलीप सिंह देउवा, सञ्जीव शर्मालगायत छन् । ३२ एसएसपीको बढुवामा दौडधुपले प्रहरीलाई हल्लाएको छ ।
कांग्रेसी कालमा प्रहरी मात्र होइन, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभाग पनि थला पर्छन् । चुनावको लागि जिल्ला प्रहरी कमाण्डर रोजेर लैजाने गलत परम्परा नेतामा छ । गृहमन्त्री बालकृष्ण खाँण समेत दबदबा र बाध्यतामा पर्ने गरेका छन् । बालुवाटारले बढी हस्तक्षेप गरेको छ । प्रधानमन्त्री शेरबहादुुर देउवा पत्नी आरजु राणा, गृहमन्त्री पत्नी मञ्जु खाँणको स्वार्थ पनि सरुवा बढुवाको लागि बढी चासो हुने गर्दछ । प्रहरी भित्रको बढुवा र सरुवामा मूल्य तोक्ने काम धेरै हुन्छ ।
डीआईजी बढुवा र पदस्थापनको बेला पनि सरकारले एसएसपीमा पहिलो सन्दीप भण्डारीलाई सातौंमा राखेर प्रदेश समन्वय शाखामा थन्क्याएको छ । विवादमा परेका आशोक सिंहलाई तेस्रोमा ल्याइयो । १२ मा भएका बसन्त कुँवर पहिलो भएका छन् । उनीहरुलाई चलखेल गर्न सजिलो हुन भएका कारण प्रधानमन्त्री कार्यालयमै बसेका छन् । आठ महिना पछि आईजीपी हुने यो टोलीका दीपक थापा प्रशासनबाट प्रबन्धमा पुगेका छन् । उनी केरकारमा बसेर प्रधान कार्यालयको प्रशासनमा थिए । पुराना एसएसपीको टोलीमा ५ नम्बरका थापा डीआईजी बढुवामा चौथो भए ।
आईजीपी विवाद सर्वाेच्चले झुण्ड्याई राखेको छ । एआईजी विश्व पोखरेल वैशाख १८ देखि नै विदामा छन् । एक महिने विदा पछि विदा थपको पत्र पठाए । चुनावको माहोलमा प्रहरी संगठन जेष्ठता र वरिष्ठताको झमेलामा फसेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *