सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सिटिजन्स बैंकले आजदेखि दुई लाख ६५ हजार नौ सय ९९ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि खुला गरेको छ । बैंकले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । यसमा न्यूनतम १५२ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबैका लागि आवेदन दिन सक्नेछन् । यसमा ११ साउनसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ । लिलामी सेयरको आवेदन १२ साउन दिउँसो २ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *