प्रचण्ड र देउवा यो साल किन पुगे दिल्ली भ्रमणमा

राजनीति समाचार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतमा सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारतको राजधानी दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यहि असार ३१ गते दिल्ली प्रस्थान गरेका हुन् ।

उनी यहि साउन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । यतिखेर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा पनि भारतको राजधानी दिल्लीमा नै रहेकी छन् ।

अहिले सरकार सञ्चालनमा महत्व भूमिका निर्वाह गरिरहेकी प्रधानमन्त्री देउवा पत्नी आरजु राणा विगत एक हप्ता देखि दिल्लीमा रहँदै आएकी छन् ।  नेपालको राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष र प्रधानमन्त्री पत्नी आरजुको महत्वपूर्ण भूमिका रहेको छ ।

समाचारसुत्रका अनुसार आगामी आम निर्वाचनपछि गठबन्धनका दुई प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कांगे्रस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा भएको छ ।

उक्त सहमति अनुसार पाँच वर्ष कार्यकालको सुरुको साढे २ वर्ष सरकारको नेतृत्व माओवादी केन्द्र अध्यक्ष प्रचण्डले गर्ने छन् । यसै गरी अर्काे सो २ वर्ष कार्यकालको नेतृत्व नेपाली कांग्रेसको तर्फबाट देउवा पत्नी आरजुले गर्ने छिन । त्यहि बीचमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने छ ।

र, आरजुलाई आफू पछिको कांग्रेस सभापति बनाउने योजना प्रधानमन्त्री देउवाको रहेको छ । यहि योजनापछि भारतको सत्तारुढ भारतीय जनता पार्टीको प्रस्ताव कायम गर्न भनेर लामो समयदेखि प्रधानमन्त्री पत्नी आरजु दिल्लीमा बसिराखेकी हुन् ।

यहि प्रयोजनका लागि माओवादी अध्यक्ष प्रचण्ड केहि दिनपछि दिल्ली भ्रमणमा जाने योजनामा थिए । तर, एउटा कार्यक्रममा सहभागी हुन भनेर भारतीय जनता पार्टीले निम्तो पठाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो भावी योजनालाई कार्यान्वयन गर्ने तथा आफ्नो योजना अनुसारको वातावरण बनाउने उद्देश्यले यहि असार ३१ गते तीन दिने दिल्ली भ्रमणमा पुग्ने छन् ।

माओवादी अध्यक्ष प्रचण्डको प्रयास यो भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेतवार्ता गर्नका लागि हुने छ । तर अहिले सम्म दिल्ली सरकारले प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डको भेतवार्ता भने निश्चित गरिसकेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *