नेपालमा ३८ हजारभन्दा माथिका मोबाइल ल्याउन नपाइने

समाचार

काठमाडौं । नेपालमा अब ३८ हजारभन्दा माथिका मोबाइल फोन ल्याउन नपाइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३०० अमेरिकी डरभन्दा बढी मूल्यका मोबाइल ल्याउन प्रतिबन्ध लगाएसँगै अब त्यो भन्दा बढी मुल्यका मोबाइल ल्याउन नपाइने भएको हो ।

मन्त्रालयले बैशाख यता ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको प्रतिबन्ध लगाएको थियो । तर, भदौ १४ सम्मको लागि ६०० डलरबाट घटाएर ३०० डलरसम्मका मोबाइल प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार २०७९ साउन १ गतेभन्दा अगाडी बैंकिङ माध्यमबाट आयातको प्रकिया सम्पन्न भैसकेका ३०० देखी ६०० डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा अहिलेको व्यवस्था लाग्ने छैन ।

सरकारले गरेको यो निर्णयसँगै मोबाइलमा कालोबजारी बढ्ने संकेत देखिएको छ । नेपालमा उपलब्ध मोबाइलको बजार मुल्य हेर्दा हाल आइफोन १३ प्रो म्याक्स १ टेराबाइटको २ लाख ७७ हजार रहेको छ भने दोश्रो महंगो मुल्यमा नेपालमा पाइने मोबाइल सामसुङको ग्यालेक्सी जेड फोल्ड ३ को रहेको छ । यसको नेपाली बजार मुल्य २ लाख ३० हजार तोकिएको छ ।

नेपालमा हाल एप्पल र सामसुङ कम्पनीका साथै रेडमी, भिभो, ओप्पो, साओमी, पोको, रियलमी, वान प्लस, होनर र नोकिया लगायतका मोबाइलहरु चलाइदै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *