भारतीय प्रम मोदीसँग किन भेट पाएनन् प्रचण्डले

राजनीति समाचार

यसको प्रतिक्रिया नेपालको राजनीतिमा देखिने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने सुनिश्चित भएपछि मात्र भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत साता शुक्रबार तीनदिने भ्रमणका लागि दिल्ली पुगेका थिए ।

कार्यक्रम अनुसार माओवादी अध्यक्ष दाहालले गत शनिबार भारत सरकारका विदेश मन्त्री यस जय शंकर, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल र शनिबार राति भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौखाइवालासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो ।

यसैगरी गत आइतवार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग ब्रेक फास्टसहितको भेटवार्ता गर्ने र बिहानको खाना भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले आयोजना गरेको दिवा भोजमा सम्मिलित हुने कार्यक्रम रहेको थियो । त्यसपछि आइतबार साँझ नै माओवादी अध्यक्ष दाहाल स्वदेश फर्कने कार्यक्रम रहेको थियो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार भारतीय जनता पार्टीका अध्यक्ष नड्डा, विदेश मन्त्री यस जय शंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवालसँग माओवादी अध्यक्ष दाहालको भेटवार्ता भएको भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने माओवादी अध्यक्ष दाहालको भेटहुन सकेन ।

नेपालबाट प्रस्तान गर्नुअगाडि नै गत आइतबार बिहान ब्रेक फास्टमा भारतीय प्रधानमन्त्री मोदीसँग माओवादी अध्यक्ष दाहालको भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो । तर, आइतबार बिहान भेटवार्ता हुन नसकेपछि भाजपाका अध्यक्ष जेपी नड्डाले आयोजना गरेको दिवा भोजपछि आइतबार दिउँसो १ बजे भारतीय प्रधानमन्त्री मोदीसँग माओवादी अध्यक्ष दाहलको भेट हुने भारतीय विदेश मन्त्रालयले जनाएको थियो ।

दिउँसो १ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुने भएपछि माओवादी अध्यक्ष दाहाल भाजपा अध्यक्ष नड्डाले आयोजना गरेको दिवा भोजबाट हतारिँदै बाहिरिएका थिए ।

तर, त्यहीबीचमा नै माओवादी अध्यक्ष दाहाललाई भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुन नसक्ने खबर प्राप्त भयो । र, भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुन नसकेपछि माओवादी अध्यक्ष दाहालको यो भारत भ्रमण असफल भएको टिप्पणी काठमाडौंको कुटनीतिक क्षेत्रले गरेको छ ।

तर, पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतीय प्रधानन्त्री मोदी ले माओवादी अध्यक्ष दाहालसँग के कारण र के सन्देश दिन यसरी पूर्वनिर्धारित कार्यक्रमबाट पछि हटेर माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेनन् भन्ने प्रश्नले जवाफ पाउन सकेको छैन ।

चिनीयाँ कम्युनिस्ट पार्टीका अध्यक्षले नेपालको चारदिने भ्रमण गरेलगत्तै माओवादी अध्यक्ष दाहाल भारत भ्रमणमा निस्किएका थिए । माओवादी अध्यक्ष दाहालको यो भारत भ्रमणलाई काठमाडौंको राजनीतिक र कूटनीतिक क्षेत्रले उच्च महत्वका साथ लिएको थियो ।

किनभने आमनिर्वाचनपछि माओवादी र नेपाली कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने र कांग्रेसको तर्पmबाट सरकारको नेतृत्व प्रधानमन्त्री पत्नी आरजु देउवाले गर्ने चर्चा काठमाडौंको राजनीतिक क्षेत्रमा गर्माइरहँदा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेतृत्व आरजुको एकसाथ उपस्थिति भारतको राजधानी नयाँ दिल्लीमा हुन पुगेको थियो ।

समाचार सुत्रानुसार आमनिर्वाचनपछि कांग्रेस माओवादीबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति सुनिश्चित गर्नका लागि भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले माओवादी अध्यक्ष दाहाललाई दिल्ली भ्रमणमा निम्त्याएका थिए ।

दिल्ली भ्रमणको भोलिपल्ट अर्थात् गत शनिबार माओवादी अध्यक्ष दाहाल र कांग्रेस नेतृ आरजुका बीचमा गत शनिबार दिल्लीस्थित नेपाली दूतावासमा वार्तामा पनि भएको थियो । तर, भारतीय प्रधानमन्त्री मोदीले माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता नगरेपछि भारतीय प्रधानमन्त्री मोदी नेपालमा कांग्रेस र माओवादीका बीचमा आलोपालो सरकार सञ्चालन गर्ने सहमतिपछि सन्तुष्ट छैनन् भन्ने सन्देश प्रवाह भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सोचलाई भारतीय विदेशमन्त्री यसजय शंकरले माओवादी अध्यक्ष प्रचसँगको भेटले पनि पुष्टि गरेका छन् । भारतीय विदेशमन्त्री यसजय शंकरले माओवादी अध्यक्ष दाहालसँग नाइट सुटमा त्यो पनि आधा बाहुला भएको सट लगाएर उपेक्षापूर्ण रुपमा भेट गरेर दिएका थिए ।

यसरी माओवादी अध्यक्ष प्रचण्डको यो चर्चित दिल्ली भ्रमण पूर्ण रुपमा असफल सावित भएको निष्कर्ष काठमाडौंको राजनीतिक र कुटनीतिक क्षेत्रले निकालेको छ । अब चाँडै नै यसको प्रतिक्रिया नेपालको राजनीतिमा आउन थाल्ने पनि टिप्पणी हुनथालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *