देशभर थपिए ३५७ जना कोरोना संक्रमित

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । गत २४ घन्टामा देशभर ३५७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार यस अवधिमा ३३ सय ५७ जनामा गरिएको परीक्षणमा ३५७ जना संक्रमित भेटिएका हुन्।

आज ६२ जना संक्रमणमुक्त भएका छन्। हालै देशभर १९ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा ११ सय ९ जना, ललितपुरमा १६० जना र भक्तपुरमा ४२ जना रहेका छन्।

सरकारले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई ‘रेड जोन’मा राख्ने गरेको छ। हाल काठमाडौंमा हजार जनाभन्दा बढी सक्रिय संक्रमित रहेकाले ‘रेड जोन’मा परेको छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर १९ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १८ सय ६५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *