नेपाल टेलिकममा भद्रगोल सुनिल पौडेल मुकर्दशक

समाचार

काठमाडौं । जुन जोगी आएपनि कानै चिरेको भनेजस्तै भएको छ । नेपाल टेलिकममा तत्कालीन निर्देशक कामिनी राजभण्डारीले फाइबर बिछ्याउने नाममा १८ अर्ब भ्रष्टाचार गरेको आरोप लागेको थियो । सो १८ अर्बको छानबिन अख्तियारले गरेपनि अहिले त्यत्तिकै सेलाएको छ । त्यसपछि केपी ओली सरकारका संचारमन्त्री गोकुल बास्कोटाले कामिनी राजभण्डारीलाई हटाएर १०औं तहका डिल्ली अधिकारीलाई प्रबन्ध निर्देशक बनाएका थिए । डिल्ली अधिकारीले टेलिकमलाई माथि उठाउने भन्दापनि टेलिकमभित्रको भद्रगोललाई नियन्त्रणमा ल्याउन सकेन । उल्टै टेलिकम सिध्याउने खेलोफड्को गरेको आरोप छ । डिल्ली अधिकारीको कार्यकाल सकिएपछि टेलिकम भित्रका कर्मचारीले प्रबन्ध निर्देशक बन्नलाई दरखास्त आह्वान गरेतापनि गठबन्धन सरकारले सुनिल पौडेललाई कार्यकारी बनाएको छ । टेलिकम भित्र सुनिल पौडेल माथि काम नगरेको र टेलिकमका कर्मचारीले सहयोग नगरेको भनाई छ । जे होस टेलिकम भित्र रैथाने कर्मचारीको हालीमुहाली चलेको छ र भ्रष्टाचार गरिराखेका छन् । टेलिकमलाई भजाएर राष्ट्रको सम्पत्तिमा आँखा लगाएका छन् । टेलिकम दिनप्रतिदिन धरासायी बन्दै गएको छ । यसका उदाहरण ठेक्कापट्टादेखि टेण्डर इत्यादी कामको बारेमा भागवण्डा गरिखाने गरेका छन् ।
यस्तै नेपाल टेलिकमको वायरलाइन ग्राहक सेवा केन्द्र छाउनी मातहतको आयोजना कार्यान्वयन विभाग पूर्व ह्यान्डल होल मेन्टिनेन्स् वर्क अन्तर्गत देशभरी नै डक्टिङ बिछ्याउने कार्य गर्दै आएको छ । यस कार्यमा ठूलो टेण्डर निकालेर निर्माण ठेक्का लगानुपर्नेमा त्यसो नगरी साना साना कोटेशन बनाएर ठेक्का दिने र तोकिएको मापदण्डअनुसार निर्माण गुणस्तअनुसार काम नगरी कमसल खालको सामान प्रयोग गरी मिलेमतोमा भुक्तानी दिई २५ प्रतिशत कमिशन खाने काम गरिरहेका छन् । नेपाल टेलिकम वायरलाइन तथा ग्राहक सेवा केन्द्र छाउनीका निर्देशक सविना मास्के, दशौं तहका इन्जीनियर केदार कोइराला, वरिष्ठ इन्जीनियर विजयकुमार गुप्ता, अधिृकत ज्ञानेन्द् अर्याललगायतले ह्याण्ड होल मेन्टिनेन्स वर्क अन्तर्गत डक्टिङ बिछ्याउने कार्यमा कारोडौं भ्रष्टाचार भएको छ । विभिन्न विचौलियाहरु लाग्दै आएका छन् । ३३ लाखसम्मको टेण्डर आह्वान गरेर अरु बाँकी करोडौंको कामदेखि दर्जनौं अन्य कामहरु ९ लाख ९९ हजारको कोटेशन बनाई कोटेशनमा ठेक्का आफ्ना मान्छे र ठेकेदारलाई गोप्य रुपमिा दिने गरेका छन् । गुणस्तरहीन काम गराएर भुक्तानी दिई भुक्तानीको २५ प्रतिशतदेखि ३० प्रतिशत कमिशन घुस लिँदै आएका छन् । त्यस्तै त्रिपुरेश्वर शाखाका नौ तहका इन्जीनियर बिना मल्लले पनि आफु मातहतका ठेकेदारलाई रंगरोगन, छाना तथा कोठाको डेकोरेशन गर्दा ठेक्का प्रक्रियामार्फत नगरी सानो सानो टुक्रा बनाई ९ लाख ९९ हजारको प्याकेज बनाई लगभग ६० लाखको मर्मत गराएका छन् । २५ प्रतिशत कमिशन अग्रिम भुक्तानी लिने गरेको समाचार स्रोतले बताएको छ । यस्तै विभिन्न जिल्ला, प्रदेशमा करोडौंको घोटाला भएको छ । तत्कालीन कामिनी राजभण्डारी प्रबन्ध निर्देशक हुँदा फाइबर बिछ्याउने काममा ६ अर्बको कामलाई १८ अर्ब पु¥याएको अवस्था थियो । यस्तै हालत टेलिकमका निर्देशक लगाएर खानेको ताँती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *