पुल स्तरोन्नति तथा मर्मतका लागि विश्व बैंकद्वारा १५ करोड अमेरिकी डलर सहयोग

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपालमा तेस्रो ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ का लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर सहायता स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड डलर (साढे २० अर्ब रुपैयाँ) बराबरको प्याकेज अनुमोदन गरेको बैंकले जनाएको छ । पुल मर्मत तथा स्तरोन्नतिका माध्यमबाट नेपालको विविध चूनौतीपूर्ण भेगमा सुरक्षित र निर्वाध सम्पर्क स्थापित गर्ने विश्व बैंकले जनाएको छ ।

यो कार्यक्रम सडक विभागबाट कार्यान्वयन हुने समेत जनाइएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले यस कार्यक्रमले नेपालको दीगो विकासमा सहयोग पुग्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *