एकताको नाममा विभिन्न थरी खिचडी पकाउँदै कम्युनिष्ट नेताहरु

राजनीति समाचार

काठमाडौं । माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि नेकपा एमाले बाहेकका कम्युनिष्ट शक्तिलाई एकठाउँमा जम्मा गरेर समाजवादी केन्द्र गठन गर्ने अभियानमा लागेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले एमाले बाहेकका कम्युनिष्टहरुलाई एकठाउँमा भेला पार्ने अभियान सञ्चालन गरिरहँदा एकृीकत समाजवादीमा भने अर्कै प्रकारको खिचडी पाकिरहेको छ । माओवादी केन्द्रका केहि नेता र एकृकीत समाजवादी माधव नेपाल पक्षका नेताहरु दुइ पार्टीलाई एकीकरण गर्ने अभियानमा लागि परिरहेका छन् ।

यो अभियानमा माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन, देव गुरुङ जस्ता नेता सक्रिय रहेका छन् भने एकृकीत समाजवादीका तर्फबाट महासचिव वेदु राम भुसाल र प्रमोद हमाल सक्रिय रहेका छन् । त्यसैगरी एकृकीत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई एमालेमा नै फर्काउने प्रयास भने अहिले भइरहेको छ ।

यो प्रयासमा एमाले नेता पुथ्वी सुब्बा गुरुङ सक्रिय रहेका छन् । डल्लुस्थित निवासमा पुगेर नेता झलनाथ खनालसँग पटक–पटक वाचा गरेका छन् । एकृकति समाजावादीका नेता झलनाथ खनाल कम्युनिष्टका बिचमा एकता हुनुपर्ने पक्षमा रहेका छन् ।

उनी अहिलेको लोकतान्त्रिक वामपन्थी गठबन्धनप्रति सन्तुष्ट छैनन् । उता नेकपा एमालको उपाध्याक्ष परित्याग गरेर स्वतन्त्र हैसियतमा बसेका झलानाथ खनालले सबै कम्युनिष्टलाई एकठाउँमा ल्याएर आगामी आम निर्वाचनमा प्युठानबाट निर्वाचित हुने योजनामा रहेका छन् ।

यसै गरी अहिले सम्म भएका प्रत्यक्षतर्फको कुनैपनि निर्वाचनमा विजय हासिल गर्न नसकेका माओवादी नेता नारायण काजी श्रेष्ठ पनि सबै कम्युनिष्ट शक्तिलाई एकठाउँमा ल्याएर आफू गोर्खाबाट विजय हुने योजनामा छन् ।

नेकपा एमाले पत्यिाग गरेर लामो समयसम्म निश्क्रिय रहेका नेता वामदेव गौतम अहिले आफ्नो योजनालाई सफल बनाउनका लागि नेकपा एकता अभियान पार्टी गठन गरेर लागि पर्न थालेका छन् ।

आफूले नेतृत्व गरेको यो पार्टीलाई सत्तारुढ गठबन्धनमा समावेश गर्नका लागि उनले गत मंगलबार दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *