रातारात राजस्व छलीको सामन ओसारपसार, सरकार मूकदर्शक

समाचार

काठमाडौं । असार मसान्त सकिएसँगै राजस्व छलने क्रम बढेको छ । माफियाले राजस्व छल्ने गरेका छन् । ठूला व्यापारीदेखि स–साना व्यापारीले राजस्व छलेका छन् । असार मसान्तमा प्रायजसो व्यापारीले साउन मसान्तभित्र भ्याट बुझाउनुपर्ने हुन्छ । तर ठूला घरानाका व्यापारीले राजस्व छल्ने गरेका छन् । यस्तै व्यापारीले भन्सार र राजस्वका कर्मचारी, प्रहरीसँग साँठगाँठ गरी करोडौं राजस्व छलेका छन् । राजस्व कार्यालयका कर्मचारीले राजस्व छल्ने व्यापारीलाई कारबाही गर्न सकेको छैन । ठूला व्यापारीदेखि स–साना व्यापारीले राजस्व छलि गरिराखेका छन् । खासगरी विरगंज नाका, भैरहवा नाका, विराटनगर, रक्सौल नाकाबाट रातीको समयमा प्रहरी र राजस्व अनुसन्धान विभागका कर्मचारी मिलेर मारवाडीदेखि व्यापारीलगायत विनोद चौधरी, खेतान गु्रपजस्ता विभिन्न घरानाले ट्रकमा ल्याएको सामानमा भन्सार छली गर्ने गरेको समाचार स्रोतले बताउने गरेको छ ।
राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राखेपछि खासै राजस्व छल्नेमाथि ध्यान दिइएको छैन । व्यापारीले राजस्व छली गरेर ल्याएको अवस्थामा सूचनासमेत गुपचुप राख्ने गरिउको छ । राजस्व अनुसन्धान विभागले यस्ता व्यापारीलाई कारबाही गर्न सकेको छैन । व्यापारीले राजस्व छली गरेर ल्याउने सामान, कपडा, गाडीको पार्टपुर्जा, मोटरसाइकलको पाटपुर्जा, विदेशी चुरोट रक्सी, मोबाइलको सेट, बच्चाको खेलौना, गुटखा, खैनी, इलेक्टिक सामान ल्याउने र निजी गाडी प्रयोग गरी रातिको समयमा गाडीको डिक्की र गाडीको सिटमा राखी ल्याउने गरेका छन् । तर राजस्व अनुसन्धान विभाग मुकदर्शक बनेको छ । राजस्व अनुसन्धान विभाग मूकदर्शक भएको बताइन्छ ।
सरकारले कहाँ कहाँ राजस्व चुहावट भएको छ । व्यापारीले भन्सार छलेर सामान ल्याएका छन् भन्ने बारेमा न सरकारले अनुगमन गरेको छ, न त सशस्त्रको गस्ती नै भएको छ । भन्सार र राजस्व छली गरी ल्याएपनि कतिपय व्यापारीले होलसेल मूल्य भन्दै आमनेपालीलाई ठग्दै आएका छन् । बजारमा अहिले चोरी निकासी गरी ल्याउने व्यापारी मौलाएका छन् । खासगरी तातोपानी नाकाबाट भन्सार छली ल्याउने गरेका व्यापारीले २०७२ सालको भुकम्पबाट तातोपानीमा २०७१ सालमा गएको पहिरोको कारण त्यति भिडभाड नभएपनि लुकिछिपी खासाबाट सामान ल्याउने गरेका छन् । यस्तै रसुवा भन्सारबाट रातारात व्यापारीले भनसार छली गरेको सामान ल्याउने गरेको बताइन्छ । अहिले अर्थमन्त्री र अर्थ मन्त्रालयका कर्मचारीबिच विवाद भएर अथृमन्त्रीलाई छानबिनमा राखेपछि व्यापारीले चोरबाटो समाउँदै रातारात चोरी गरी सामान ल्याउने गरेको बताइन्छ । तर राजस्व अनुसनधान विभागले यस्ता व्यापारीलाई पक्रेर कारबाही गर्न सकेको छैन । अर्थ मन्त्रालयले भन्सार मूल्यमा तलमाथि आयातमा प्रतिबन्ध लगाएपछि व्यापारीले सामान चोरी निकासी गरी ल्याउने गरेका छन् । भन्सार विभागका कर्मचारी पनि मूकदर्शक बनेको बताइन्छ । तर सरकार भने संघीय र प्रदेशको चुनावमा अलमलिएको छ । अहिले अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालय शेरबहादुर देउवा आफैले राखेका छन् ।
उता भन्सार कार्यालयका कर्मचारी राजस्व अनुसनधान विभागका कर्मचारीदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरीबिच समन्वय व्यापारीले चोरी निकासी गरी ल्याएको सामन निजी गाडीको सिट मुनि र गाडीको डिकीमा राखी लुकाई छिपाई काठमाडौं उपत्यका भक्तपुर र ललितपुर गोदाममा राख्ने गरेको सुत्रको भनाई छ । भन्सार राजस्व छलि ल्याएको सामान व्यापारीले महाबौद्ध, भोटाहिटीजस्ता पसलमा दिने गरेको बताइन्छ । भन्सार छलि ल्याएको सामान केही कथाचित प्रक्राउ गरेपनि सांसदको फोनबाट सामान छुट्ने गरेको छ । यस्ता व्यापारीलाई कठघरामा उभ्याउनुको सट्टा उल्टै सोर्सफोर्सको आधारमा छुटाउने गरिएको पाइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *