काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको तैनाथी बढाएको छ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका निषेधित क्षेत्रमा आज सुरक्षाकर्मीहरुको टोली बढाएको हो ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयासको लागि आवश्यक सुरक्षाकर्मी ठाउँ–ठाउँमा परिचालन गरी राप्रपाको प्रदर्शनलाई लक्षित सुरक्षा रणनीति तयार पारिएको काठमाडौं उपत्यकाको प्रहरी कार्यालयले जनाएको छ ।