गठन नहँुदेै बाबुरामको पार्टीमा किचकिच

समाचार

काठमाडांै । जनता समाजबादी पार्टीले निष्काशन गरे लगत्तै नेता बाबुराम भट्टराई नयाँ पार्टी गठनको तयारीमा सक्रिय भएका थिए । नयाँ पार्टी गठनको प्रक्रिया सुरु गर्दा ढिलो हुने निष्कर्ष निकाल्दै भट्टराईले गत फाल्गुण ६ गते दीपक लामिछानेलाई निर्वाचन आयोगमा दर्ता गर्न लगाएको समाबेशी लोकतान्त्रिक पार्टीलाई नै नाम फेरेर आफ्नो नेतृत्वमा सक्रिय बनाउने भएका छन् र अब समाबेशी लोकतान्त्रिक पार्टीको नाम नेपाल समाजबादी पार्टी हुनेछ । पार्टीको नाम र विधानका सम्बन्धमा निर्वाचन आयोगमा निवेदन दिने काम पनि भै सकेको छ ।
प्रस्तावित नेपाल समाजबादी पार्टीमा जनजाती, मधेशी र खस आर्य गरी तीन जना अध्यक्ष रहने ब्यवस्था प्रस्तावित विधानले गरेको छ । तर निर्वाचन आयोगबाट विधान स्वीकृति भएर नआउँदै श्रीष नेताहरुका बीचमा अध्यक्षलाई लिएर लुछाचुडी चर्किन थालेको छ । यसैगरी बाबुराम भट्टराईले आफ्नै सम्बन्धमा गरेको टिप्पणीले पनि विबाद बढाएको छ । तीन जना मध्ये मधेशी तर्फबाट हुने अध्यक्षका लागि महेन्द्र राय यादव र राजकिशोर रायका बीचमा प्रतिश्पर्धा चलिराखेको छ । यसैगरी जनजातिको कोटाबाट हुने अध्यक्षका लागि बाबुराम भट्टराई पत्नी हिसिला यमी र लामो समय भट्टराईकै सहायक भएर रहेका गंगा नारायण श्रेष्ठका बीचमा प्रतिश्पर्धा रहेको छ । जनता समाजवादीले पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेपछि बाबुराम भट्टराईले आफ्नो पुस्ताका नेताहरु सक्रिय राजनीतिबाट अलग भएर अभिभावकको भूमिकामा रहनु पर्ने विचार व्यक्त गरेका थिए । तर अहिले प्रस्तावित नेपाल समाजवादी पार्टीको कार्यकारी अध्यक्ष भने आफैं हुने र अन्य दुईलाई भने मानार्थ अध्यक्ष बनाउने योजनामा बाबुराम भट्टराई रहेका छन् । आफूले नेतृत्व गर्ने नेपाल समाजवादी पार्टीको संगठन नभएको कारण कम्युनिष्टहरुका बीचमा बन्ने समाजवादी केन्द्रलाई उपयोग गरेर राजनीतिक फाइदा लिने योजनामा बाबुराम भट्टराई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *