खुफियाले ग¥यो गोप्य रिपोर्ट सार्वजनिक

समाचार

काठमाडौं । पछिल्लो समय ओली बाहेकका कम्युनिष्ट विचारधाराका नेता किन किन एक जुट हुन खोज्दैछन् ? आवरणमा अरु जे जे कारण भनिए पनि प्रमुख कारण मानिएको हो खुफियाको एउटा गोप्य रिर्पोट । त्यही रिर्पोटका कारण अहिले केपी शर्मा ओली इतरका कम्युनिष्ट विचारधारा बोक्ने पार्टीहरु एक ढिक्का हुन खोज्दैछन् ।
केही दिन महिना लगाएर गृह मन्त्री खाँणले अबको प्रदेश र संघीय चुनावमा कुन दलले कति सिट ल्याउछन भन्ने अनुसन्धान गर्न लगाएको थिए । प्रहरी,गुप्तचर खटाएर देशभर गरिएको रिर्पोट अनुसार अबको निर्वाचनमा गठबन्धन नगरी गए पनि काँग्रेस एक्लैले झण्डै ७७ सिटमा जितेर पहिलो दल बन्ने रिर्पोट उस्ले गृहमन्त्रीलाई बुझाएको थियो ।उक्त रिर्पोट गृहमन्त्री बालकृष्ण खाँणले काँग्रेसको केन्द्रीय समितिको बैठकमा समेत प्रस्तुत समेत गरेका थिए । त्यही रिर्पोटमा टेकेर नै हो पूर्व मन्त्री मिनेन्द्र रिजालले समेत माओवादी गठबन्धन विना निर्वाचनमा गएको खण्डमा उस्ले जम्मा ८ सिटमात्र प्रत्यक्षतर्फ निर्वाचन जित्ने दावा गर्दै हिडेका । खुफियाको त्यही रिर्पोटका कारण झस्किएका वाम दलहरु चुनाव अघि नै समाजवादी केन्द्र निर्माण गर्न कस्सिएका छन् । उक्त रिर्पोटमा अनुसार,आगामी निर्वाचनमा कांग्रेस पहिलो दल हुने छ । गठबन्धन नगरी एक्लाएक्लै निर्वाचनमा गएको खण्डमा काँग्रेसले देशभर ७७ सिट जित्ने रिर्पोटमा उल्लेख गरिएको छ । यस्तै एमालेले ७० स्थानमा जित्ने रिर्पोटमा देखाइएको छ । यस्तै गठबन्धन विना निर्वाचनमा गएको खण्डमा माओवादीले देशभरबाट जम्मा आठ सिटमात्र जित्ने र जसपाले ४ सिट र लोसपाले २ सिट जित्दा एमालेृ विभाजन गरेर बनेको नयाँ दल एकीकृत समाजवादीले भने जम्मा एक सिटमात्र जित्ने रिर्पोटमा उल्लेख गरिएको छ ।
उक्त रिर्पोटमा दुई थरी गठबन्धन हुन सक्ने औल्याइएको छ । जहाँ एमाले र समाजवादी केन्द्रबीच तालमेल हुन सक्ने औल्याइएको छ । चुनावमा काँग्रेस र माओवादी गठबन्धन कायम रहने र प्रतिनिधि सभाका १६५ सिटमध्ये १ सय ९ स्थानमा गठबन्धनले जित हासिल गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । कंथ काँग्रेस र माओवादीको गठबन्धन भएको खण्डमा एमाले, एकीकृत समाजवादी र राप्रपाको गठबन्धनले भने ५६ सिटमात्र जित्ने रिर्पोटमा उल्लेख छ ।
यस्तै गठबन्धनका रुपमा कम्युनिष्ट दलहरु एकातिर हुने आँकलन गरिएको छ । जसरी ०७४ को निर्वाचनमा वाम दल एकातिर थिए उसैगरी वाम दल एकातिर हुँदा काँग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ जम्मा २० सिटमात्र जित्ने आँकलन गरिएको छ । त्यसरी वाम दल एक भए प्रतिनिधि सभातर्फको १४५ स्थानमा जित्ने रिपोर्टमा उल्लेख छ । यता प्रदेश सभातर्फ कांग्रेस माओवादी गठबन्धनले २१९ स्थानमा जित्ने तर कंथ वामपन्थीदलहरुबीच तालमेल भएको खण्डमा प्रदेशमा पनि काँग्रेस जम्मा ६२ स्थानमा मात्र खुम्चने आँकलन गरिएको छ । गृह मन्त्रालयले तयार गरेको गोप्य प्रतिवेदन अनुसार एक्ला एक्लै राजनीतिक दलहरु चुनावी प्रतिष्प्रर्धामा होमिए काँग्रेस एक्लैले ७८ सिट प्रत्यक्षतर्फ जित्ने छ । यस्तै वामपन्थी दलहरुबीच एकता वा तलमेल भएमा काँग्रेस जम्मा २० सिटमा खुम्चने प्रतिवेदनमा उल्लेख गरिएको छ । गृहले तीन थरी रिर्पोट तयार पारेको छ । काग्रेस र माओवादीका वीचमा गठबन्धन निर्माण भए उसले प्रत्यक्ष तर्फको १०९ स्थानमा जित्ने समेत रिर्पोटमा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *