कपिलवस्तुमा बाढीले दुइ जना बगायो

समाचार

कपिलवस्तु । लगातारको वर्षासँगै आएको बाढीले मंगलबार एक दम्पतीलाई बगाएको छ । बाढीमा बगेकी श्रीमतीको शव फेला परेको छ भने श्रीमानको अवस्था अज्ञात छ ।

वाणगंगा नगरपालिकास्थित कोइली खोलाले वाणीगाउँका स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया श्रीमती राममाया सुनारलाई बगाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

जंगलबाट नदी तरेर घर फर्कने क्रममा उनीहरुलाई बगाएको हो । उनीहरुसँगै बगेका १२ वर्षीय छोरा निरज सुनारलाई स्थानीयले उद्धार गरेका थिए । बेपत्ता राममायाको शव एक किलोमिटर तल भने फेला परेको प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *