तरकारी तथा फलफूलमा जीवनाशक विषादीको प्रयोग भइरहेको खाद्य विभागको खुलासा

समाचार

काठमाडौँ । नेपालमा आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको प्रयोग हुने गरेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कार्तिक १ गतेदेखि असार मसान्तसम्म ५६ हजार ३ सय ३८ वटा आयातित फलफूल तथा तरकारीका नमुनाहरूको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर तथा आलु लगायतका ५१ वटा नमुनामा खान अयोग्य हुने जीवनाशक विषादीको प्रयोग हुने गरेको पाइएको जनाएको हो ।

कृषि मन्त्रालयको निर्देशनमा कार्तिक १ गतेबाटै विभागका ७ वटा कार्यालयले द्रुत गतिमा परीक्षणको काम थालेको समेत विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७८र७९ मा भएका कामहरूको बारेमा जानकारी दिँदै विभागले ४ हजार १ सय २७ खाद्य नमुनाहरूको परीक्षण गर्दा २ सय २४ वटा नमुना खान अयोग्य रहेको पाइएको समेत जनाएको छ । सोही अवधिमा दाना, होटेल, राजमार्गका रेस्टुरेन्ट लगायतको ८ हजार ८ सय ६६ पटक अनुगमन गरिएको विभागले जानकारी दिएको छ ।

सोही अवधिमा नै १२ वटा अन्तर्राष्ट्रिय सीमामा अवस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा ५१ हजार ७ सय ६७ वटा खाद्य पदार्थका नमुनाहरू परीक्षण गरिएको विभागका महानिर्देशक डा मतिना जोशी वैद्यले जानकारी दिइन् ।

उनले गण्डकी प्रदेशमा खाद्य परीक्षण केन्द्र स्थापना गरिएको जानकारी दिए । उनले फलफूलमा विषादी प्रयोगको गुनासो बढेपछि सबै प्रदेशमा एकै पटक अनुगमन गरिएको र सो क्रममा फलफूल पकाउन प्रयोग हुने रसायन प्रयोग गरेको पाइएको जानकारी दिए ।

त्यस्तै विभागले संक्रामक रोग नियन्त्रण लक्षित विशेष अनुगमनलाई पनि तीव्रता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *