४ मंसिरमा चुनाव, आज मन्त्रिपरिषद्ले मिति घोषणा गर्ने

राजनीति समाचार

काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणाको अन्तिम तयारी गरेको छ । सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।

निर्वाचन आयोगले गरेको सिफारिसअनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको हो । प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार सत्तागठबन्धनका शीर्ष नेताको बैठकमा निर्वाचन घोषणाबारे राय लिएका छन् । शीर्ष नेताले ४ मंंसिरका लागि मिति घोषणा गर्न सुझाव दिएका छन् । कुनै नयाँ राजनीतिक घटनाक्रम नभए आज बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति घोषणा गर्ने सरकारको तयारी छ ।

एक मन्त्रीले आज बैठक बस्न लागेको र निर्वाचनको मिति घोषणाको सम्भावना रहेको बताए । ‘आजको बैठकमा निर्वाचनको मिति घोषणाको प्रस्ताव जाँदैछ,’ ती मन्त्रीले भने, ‘अन्तिम अवस्थासम्म कुनै परिवर्तन भएन भने ४ मंसिरका लागि नै निर्वाचन घोषणा हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *