जापानमा रोजगारी दिने सहमति

समाचार

काठमाडौं । नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक ९स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलपछि यसअघिको समझदारीमा देखिएका नीतिगत र व्यावहारिक कमजोरी हटाई छिटो नेपाली श्रमिक जापान पठाउने सहमति भएको जनाइएको छ ।

समितिको बैठकमा नेपाल पक्षको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नुभएको थियो भने जापान टोलीको नेतृत्व सहायक उपमन्त्री चोसुमो नाकागावाले गर्नुभएको थियो ।

सो बैठकले नेपाल जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने, जापानको एसएसडब्लू प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नेपर्ने कार्यविधि बनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *