अर्थमन्त्री शर्माको प्रेस विज्ञमा धिताल नियुक्त

राजनीति समाचार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् ।जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा धिताललाई नियुक्त गरेका हुन् । पहिलोचोटि अर्थमन्त्री हुँदा शर्माको प्रेस अजित अधिकारीले हेर्दै आएका थिए ।

धिताल लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । माओवादीकालमा डा। बाबुराम भट्टराईनिकट रहेका धिताल भट्टराईले पार्टी छाडेर हिँडे पनि उनी कतै गएनन् । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *