प्रचण्डको निगाह खोज्दै भट्टराईले गठन गरे नयाँ पार्टी

राजनीति समाचार

काठमाडौं । जनता समाजवादीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको एक महिना पनि नबित्दै र निर्वाचन आयोगको सिफारिसमा सरकारले आमनिर्वाचनको मिति तोकेको तेस्रो दिनमा नै बाबुराम भट्टराईले गत फागुन ५ गते निर्वाचन आयोगमा दिपक लामिछानेको नेतृत्वमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम नेपाल समाजवादी पार्टीको रुपमा रुपान्तरण गरेर नेतृत्व गरेका छन् ।

यो पार्टीको पहिलो बैठक यहि असार २१ गते बसेको छ । २१ गते बसेको नेपाल समाजावादी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले बाबुराम भट्टराई र महेन्द्र राय यादवलाई अध्यक्षमा चयन गरेको छ । र, यो पार्टीको केन्द्रीय कार्यसमिति सदस्यको संख्या १८९ रहेको छ । पहिलो बैठकमा नेपाल समाजवादीले आगामी आम निर्वाचनमा समान विचारका राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ ।

तर, निर्वाचनको मिति तोकिएको पर्सिपल्ट गठन भएको यो पार्टीसँग चुनावी सहकार्य र तालमेल गर्न ठूला पार्टी उत्सुक भने देखिँदैनन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले बाहेकका वामपन्थी दलहरुलाई एकठाउँमा ल्याएर समाजवादी केन्द्र गठन गर्ने र समाजवादी केन्द्रमार्फत नै चुनाव लड्ने योजना अगाडि सारेपछि बाबुराम भट्टराईले हतार गरेर दिपक लामिछानेको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर समाजवादी पार्टी राख्दै नेतृत्व गरेका हुन् ।

तर, भट्टराइ नेतृत्वको यो नेपाल समाजवादी पार्टीसँग अन्य कुनै ठुला दलले चुनावी सहकार्य गर्ने सम्भावना देखिदैन । र, २०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको समर्थन प्राप्त गरेजस्तै अब हुने आम निर्वाचनमा भट्टराइले भने पाँच दलिय गठबन्धनको समर्थन प्राप्त गर्ने सम्भावना रहेको छ ।

बाबुराम भट्राइ भने आफू बाहेक अर्का अध्यक्ष महेन्द्रराय यादव लगायतका कम्तिमा नेपाल समाजवादीका नेताको उम्मेदवारीलाई गठबन्धनले समर्थन गरोस् भन्ने चाहनामा छन् । भट्टराईकोे नेतृत्वमा नेपालको राजनीतिमा नेपाल समाजवादी पार्टी ठपिएको भएपनि यो पार्टी बलियो र लामो समयसम्म जाने देखिदैन ।

किनभने बाबुराम भट्टराईको नेतृत्व क्षमतालाई लिएर चारैतिर बाट प्रश्न उठिरहँदा आम निर्वाचनको मुखमा उनले जनता समाजवादीबाट निष्कासित भएपछि यो पार्टी गठन गरेका छन् । र, पार्टीको उपाध्यक्षमा आफ्नै श्रीमती हिसिला एमी र केन्द्रिय सदस्यमा छोरी मानुसी एमीलाई राखेका छन् ।

भट्टराई नेतृत्वको यो पार्टीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा बलियो उपस्थित बनाएर प्रतिस्पर्धा गर्न सक्ने देखिँदैन । भट्टराईले आफूलाई जनता समाजवादीबाट हटाएको स्थितिमा आफ्नो राजनीतिलाई सक्रिय राख्न मात्र यो पार्टी गठन गरेको देखिन्छ । र, भट्टराई अब पूर्ण रुपमा माओवादी अध्यक्ष प्रचण्डको निगाहमा पुगेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *