भूमिसम्बन्धी ऐन संशोधन विधेयकमा टि-स्टेटको जस्तै हालत हुन नदिने विषयमा सांसदहरुको छलफल

राजनीति समाचार

काठमाडौं । भूमिसम्बन्धी ऐन संशोधन विधेयकमाथिको छलफलमा झापाको गिरिबन्धु टि-स्टेटले गर्न खोजेको जग्गा सट्टापट्टा प्रयास बारे सांसदहरुले छलफल गरेका छन् ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले भूमि ऐन पनि दूरगामी असर राख्ने विधेयक भएकाले यसमा पनि स्वार्थ समूह घुस्यो कि भन्ने पर्न नदिनेगरी ऐन बनाउनुपर्ने नत्र गिरिबन्दु टि-स्टेटको जस्तै हालत हुने बताएका थिए ।

प्रस्तावित विधेयकको दफा २ मा भूमिसम्बन्धि ऐनमा संसोधन प्रस्ताव छ । दफा २ को ४ मा हदबन्दीभन्दा बढी जग्गा विकास गरी विकसित घडेरी वा त्यस्तो घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरी बिक्री गर्न पाउनेसम्बन्धी व्यवस्था प्रस्तावितमा रहेको छ ।

यसअघि आइतबारको छलफलमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले पनि सरकारले गिरिबन्दु टि-स्टेटलाई जग्गा सट्टापट्टालाई वैधानिकता दिने रहेको दाबी गर्दै टि-स्टेटका सम्बन्धमा अदालतले रोकेपछि वैधानिकता दिन ल्याइएको बताएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *