काठमाडौं । जसको सिङ्ग छैन उसको नाम तिखे भन्ने उखान कांग्रेस पार्टीभित्र लागू भएको छ । राज्यश्रोत ध्वस्त पार्ने देशका युवाहरुको भविष्य माथि खेलवाड गर्ने आरजु देउवादेखि आश लाग्दा युवा नेता गगन थापासम्म पछि लागिपरेका छन् । तर तीनैले रास्वपाका सभापतिलाई सहकारी ठगी भन्छन् । जबकि सहकारी छानबीनले रवि आफैं उपस्थित भएर ऋण मागेको रेकर्ड समेत भेटेको छैन ।
बासबारी छालाजुत्ता र भ्याट छल्ने खर्बपति विनोद चौधरीले सरकारी ६० रोपनी जग्गा हडप्ने टेक बहादुर गुरुङ नेपाल स्काउटको भाडा नतिर्ने ऊर्जा मन्त्री दिपक खड्का, टेरामक्स काण्डको शुरुवात गर्ने ज्ञानेन्द्र कार्की, निर्णय गर्ने मोहन बस्नेत, किसानको पैसा हिनामिना गर्नेे गगन थापा, नक्कली भुटानी शरणार्थी प्रकरण चलाउने डा. आरजु राणा र मन्जु खाँण,बालकृष्ण खाँण,भिजिट भिषा प्रकरणमा मुछीएका गृहमन्त्री रमेश लेखक, प्रवल गुरुङको घडी खल्तीमा राखेर बदनामी कमाएर फिर्ता गर्ने रामहरि खतिवडा जस्ता नेताहरु कांग्रेसभित्र धेरै छन् ।
कांग्रेसले नेपाली जनतालाई राहातदिने भन्दापनि महंगी र भ्रष्टाचार दिएर जनतालाई आतङ्कीत बनाएको छ । एमालेको नेतृत्वमा सरकारमा गएतापनि एमालेले भन्दा कांग्रेसले जनताको लागि राम्रो काम गरेर देखाउन सकेको छैन । कांग्रेस कै कारण एमालेपनि बदनाम हुँदै गएको छ ।

