माओवादीलाई माओत्सेतुङको भनाई अपाच्य

राजनीति समाचार

२०४६ सालपछि राजनीतिक परिवर्तनसँगै नेपालका कम्युनिस्ट घटकहरुबीच ध्रुवीकरण भएर कम्युनीष्ट पार्टीहरु नै तहसनहश हुन पुगका छन् । त्यही सिलसिलामा मोहन वैद्य–पुष्पकमल दाहालहरुले नेतृत्व गरेको तत्कालीन नेकपा (मशाल), निर्मल लामा र अमिक शेरचनहरुले नेतृत्व गरेको नेकपा पार्टी, रुपलाल विश्वकर्माहरुले नेतृत्व गरेको सर्वहारावादी श्रमिक सङ्गठन र मोहनविक्रम सिंहले नेतृत्वको गरेको नेकपा (मसाल)बाट टुक्रिएर हरिबोल गजुरेल–डा. बाबुराम भट्टराईलगायतले नेतृत्व गरेको ‘विद्रोही मसाल’बीच एकता भएर नेकपा (एकताकेन्द्र)बन्यो । तर, यो एकतापछि एकताकेन्द्रको नेता बने पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

एकता भएको तीन वर्ष नपुग्दै एकताकेन्द्र विभाजित भई दुईवटा एकताकेन्द्र बनेको केही समयपछि बहुमत पक्षको एकताकेन्द्रले पार्टीको नाम बदलेर नेकपा (माओवादी) राख्यो । सो पार्टीले ‘माक्र्सवाद–लेनिनवाद–माओवादी’लाई मार्गनिर्देक सिद्वान्त मान्दै ‘छापामार शैलीमा युद्वद्वारा गाउँदेखि शहर घेर्दै गएर दीर्घकालीन जनयुद्वमार्फत केन्द्रीय सत्ताप कब्जा’ गरेर ‘नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादतर्फ अघि बढ्ने’बाटो खुल्ला ग¥यो । तर, बटो खुल्ला गरेतापनि नेपाली जनताको लागि केही राहात भएन ।

बहुदलीय व्यवस्थापनको स्र्थापनापछि भएको पहिलो आम निर्वाचनमा माओवादी पाटीले रणनीतिक मोर्चासहित ‘संयुक्त जनमोर्चा नेपाल’ मार्फत चुनाव लडेर प्रतिनिधिसभामा नौ र राष्ट्रिसभामा दुई गरी संसद्मा एघार जनाको प्रतिनिधित्व गरेको थियो । सोही पार्टीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्व शुरु ग¥यो । त्यस अन्तर्गत २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामार्फत फेरि मूलतः संसदीय राजनीतिकै मूलधारमा फर्कियो ।

त्यो बेला २०५ सदस्यीय प्रतिनिधिसभामा नौ जना सांसद् हुँदा माओवादीले ४.३९ प्रतिशत हिस्सा ओगटेको थियो भने यतिबेला २७५ सदस्यीय प्रतिनिधिसभामा ३२ सांसद् हुँदा उक्त पार्टीले ११.६३ प्रतिशत हिस्सा ओगटेको देखिन्थ्यो । त्यसपछि माओवादीप्रति गम्भीर प्रश्नचिह्न खडा भएको थियो ।

के माओवादीको लागि यति ठूलो त्याग, बलिदान र जनधनको क्षतिसहितको जनयुद्व आवश्यक थियो त ? राजतन्त्रको ठाउँमा गणतन्त्र, एकात्मक राज्य प्रणालीको ठाउँमा सङ्घीयता, हिन्दू अधिराज्यको सट्टा २०७२ सालमा जारी भएको ‘नेपालको संविधान’लाई मुख्यतः ‘जनयुद्वको उपलब्धि’ भन्ने गरिएको छ । तर, ती सबै उपलब्धि हासिल हुनुमा माओवादी शक्ति र जनयुद्वको निर्णायक भूमिका रहेको भन्ने भनाइ रहेको छ । तर, व्यवहारमा त्यो लागू भएको पाइँदैन । माओवादी पार्टीले एक्लैले निकालेका परिणाम होइन । यी उपलब्धिका पछाडि मुलुकमा विद्यमान परिस्थिती श्रृजना गर्नुमा सबै राजनीतिक दल वा शक्तिहरुको धेरथोर भूमिका रहेको छ ।

सांस्कृतिक मूल्य–मान्यता र आचरणगत दृष्टिकोणबाट हेर्दा पनि माओवादीका व्यवहार र क्रियाकलापलाई आधारभूत रुपले क्रान्तिकारी र कम्युनिस्ट सिद्वान्तअनुकूल मान्न सकिँदैन । चिनियाँ नयाँ जनवादी क्रान्तिताका माओत्सेतुङले भनेका थिए–“जनताबाट सियोधागो सित्तैमा नलिनू । आवश्यक परेर पैंचो वा सापटी लिएका सरसामान पनि काम सकिएपछि जस्ताको तस्तै फिर्ता गर्नू । आन्दोलन, लडाइँ र क्रान्तिको सिलसिलामा बालीनाली नाश हुने काम कदापि नगर्नू ।

बालबालिका र वृद्ववृद्वालाई सुरक्षा र सम्मान गर्नू । युद्वबन्दीहरुप्रति मानवीय व्यवहार गर्नू ।” तर, उनै माओको नाम लिएर नेपालमा चलाइएको जनयुद्वको सिलसिलामा माओवादीको यो हर्कतले नेपाली जनतालाई निराश बनाउँदै लगेको थियो र माओत्सेतुङको भनाइलाई रद्दीको टोकरीमा फालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *