टाट पल्टिने बाटोमा श्रीलंका र पाकिस्तानपछि बंगलादेश

अर्थ/वाणिज्य देश/विदेश समाचार

काठमाडौं । यो क्षेत्रका मुलुकहरु एकपछि अर्को गरेर टाट पल्टिने देखिएका छन् । आर्थिक र भौतिक विकासका कारण हिन्दा महासागरीय क्षेत्रको मोति भनेर सम्मान गरिने श्रीलंका अहिले पनि आर्थिक अवस्था अत्यन्त खराब भएको कारण टाटपल्टिएको अवस्थाबाट गुज्रिराखेको छ ।

पेट्रोलियम पदार्थ मात्र होइन औषधि र खाद्य वस्तुसमेत खरिद अवस्था सरकारको नभएपछि जनताले सडकमा उत्रिएर विरोध मात्र गरेका थिएनन् कि राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसमेत कब्जा गरेर आफ्नो आक्रोश व्यक्त गरेका थिए । आर्थिक अवस्था खराब भएको कारण जनता सडकमा उत्रन थालेपछि राष्ट्रपति गोतापाओ राजापाकक्षले मुलुक छाड्नुपर्नेसम्मको अवस्था आएको थियो ।

अहिले श्रीलंकामा नेतृत्व परिवर्तन भएपनि आर्थिक अवस्थामा भने कुनै सुधार आएको छैन । यसैगरी यो क्षेत्रको अर्को पावर हाउस पाकिस्तान पनि आर्थिक दुरावस्थाबाट गुज्रिइराखेको छ । र, पाकिस्तानले दैनिक कार्य सञ्चालन गर्न समेत विदेशी मुद्राको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय मुद्राकोषदेखि विश्व बैंक र एशियाली विकास बैंकसँग समेत ठूलो परिणाममा ऋण मागिराखेको छ ।

पछिल्लो समयमा बलियो आर्थिक र औद्योगिक मुलुक भनेर स्थापित हुनथालेको बंगलादेश पनि विदेशी मुद्राको संकटबाट गुज्रन थालेको छ । विश्वमा तयारी पोशाकको मामिलामा चीनपछि दोस्रो मुलुक रहेको बंगलादेशको औद्योगिक अवस्था यतिखेर अत्यन्त निरासाजनक अवस्थाबाट गुज्रिइराखेको छ ।

उद्योग सञ्चालनका लागि पहिलो आवश्यकता विद्युत् हुने र विद्युत् उत्पादनका लागि आवश्यक पर्ने कोइराला अन्य मुलुकबाट खरिद गर्न विदेशी मुद्रा नभएको कारणले गर्दा यतिखेर बंगलादेशमा दैनिक १२ घण्टाबढी लोडसेडिङ भइराखेको छ । र, यसको असर मुख्य तयारी पोशाक उद्योगलाई हुँदै मुलुकको समग्र अर्थतन्त्रमा परिराखेको छ ।

बंगलादेशको राष्ट्रिय ढुकुटीमा यतिखेर ६ महिनालाई पाल्ने विदेशी मुद्रा पनि छैन । यो कठिन अवस्थाको सामना गर्नका लागि बंगलादेश सरकारले केही दिन अगाडि मात्रै अन्तर्राष्ट्रिय मुद्राकोषसँग पाँच अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्राकोषसँग अनुरोध गरेको छ । यसैगरी बंगलादेश सरकारले मुलुकको दयनीय आर्थिक अवस्थालाई ध्यानमा राखेर विश्व बैंक र एशियाली विकास बैंकसँग पनि ऋणका लागि अनुरोध गरेको छ ।

औद्योगिक विकासको मामिलामा अन्य मुलुकका लागि पे्ररणा हुँदै आएको बंगलादेशमा यसरी विदेशी मुद्राको सन्चिति निरासाजनक बिन्दुमा पुग्नु र त्यहाँको आर्थिक अवस्था तहसनहस हुने अवस्थामा पुग्नुलाई धेरैले आश्चर्यजनक घटना मानेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *