जबरजस्ती फोहोर फाल्न खोज्दा स्थानीयबासीद्वार १४ टिपर र ३ डोजर तोडफोड

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट फोहोर फाल्न गएका १४ वटा टिपरमाथि तोडफोड र आगजनी भएको छ । आफूहरूको मागलाई बेवास्ता गरी महानगरपालिकाले जबरजस्ती फोहोर विसर्जन गर्न आएको भन्दै स्थानीयबासीहरुले सिसडोल–बञ्चरेडाँडामा काठमाडौंको फोहोर खन्याउन अवरोध गरी तोडफोड समेत गरेका हुन् ।

स्थानीयबासीहरुको स्वास्थ्य सुरक्षा लगायतका माग राखेर गरिएको आन्दोलनलाई हस्तक्षेप गरेको बताउँदै उनीहरूले महानगरको फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजरमा टोडफोड गरेका छन् ।

यसअघि मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ बाट फोहोर फ्याक्न नदिने चेतावनी दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *