मन्त्रीबाट हटेपछि झाक्रीले रोजिन् अर्थ समिति

राजनीति समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका चार जना सांसदले संसदीय समितिको जिम्मा पाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय समितिमा सदस्यहरू हेरफेरको सूचना सुनाएका हुन् ।

मन्त्रीबाट हटेपछि संसदीय समितिमा नरहेका नेकपा एसका तीन सांसदले समितिमा जिम्मा पाएका छन् । जसअनुसार रामकुमारी झाक्रीले अर्थ समिति रोजेकी छन् भने विरोध खतिवडा सार्वजनिक लेखा समितिमा गएका छन् । यस्तै कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था समितिमा गएका छन् । धनबहादुर बुढा सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा गएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *