दल दर्ताका लागि निर्वाचन आयोग जाँदै एमाले

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि मंगलबार दल दर्ता गराउने भएको छ । त्यसका लागि एमाले नेताहरु दिउँसो साढे १२ बजे निर्वाचन आयोगमा दल दर्ता गर्ने कार्यक्रम छ ।

पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेताहरु आयोग जानेछन् ।

आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ता थालेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *