जुइनो खोज्दै हिसाब गर्दै एमाले

समाचार

काठमाडौं । जसले जेसुकै भनोस्, नेपालदको संघीय या प्रदेश संसदमा स्पष्ट बहुमत कसैको आउने छाँटकाँट देखिँदैन । त्यही कारण एमालेका केपी ओली र माओवादीका प्रचण्डले केपी ओलीको प्रधानमन्त्री, राष्ट्रपति र सभामुखसम्मको भागवण्डाको पेरुङ्गो मर्दैछन् । कांग्रेसको संस्थापन पक्षले वामपन्थी शक्तिलाई स्थन दिने अवस्था छैन । माओवादी र समाजवादी मात्र होइनन्, यहाँ वामदेव, उपेन्द्र यादव र चित्रबहादुर केसी पनि केपी ओलीको घमण्डले तड्पिएका पात्र हुन् ।
त्यही मेसोमा एमाले इतर वामगठबन्धनसँग कांग्रेसले आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा मोर्चा बनाउँदा संविधानको रक्षा, संसदीय सर्वाेच्चता, कानूनी राज, विधिको शासनलाई एजेण्डा बनाउँदैछ । कांग्रेसले पनि १६५ जना संघीय संसद उम्मेद्वार र ३३० जना प्रदेश उम्मेद्वार भए पनि जित्ने ग्यारेन्टी भएका ठाउँ छैनन् । कांग्रेसले घमण्ड गरेर हुन्छ । नक्कली बाख्रा फार्म र गाई फाराम चलाएर आयोजनाको करोडौं अनुदान हजम गर्ने गगन थापा काठमाडौं क्षेत्र नं. ४ बाट चुनाव हार्ने संकेत देखिन्छ । गगन प्रधानमन्त्री न हुँदै त नक्कली फार्म खोलेर पैसा हजम गर्ने बहादुर व्यक्ति मानिन्छन् । गगन थापालाई कसरी युवा पुस्ताले स्मरण गर्ला ?
एमालेका अध्यक्ष केपी ओलीले मधेसमा उपेन्द्रभन्दा महन्थ बलियो मानेका छन् । भारतले जता जा भन्छ महन्थ उतै जाने नेता हुन् । ओलीलाई चुनाव जित्न विचार सिद्धान्त चाहिँदैन । ज्यान मुद्दामा जेल बसेका रेशम चौधरी होस् वा भारतीय डिजाइनमा देशबाट मधेश टुक्र्याउने एकल एजेण्डा बोकेका सिके राउत वा महन्थ ठाकुर किन न हुन, तिनै भए पुग्छ । धर्म निरपेक्ष राज्य घोषणा गर्दा यूएनले दिएको ३८ अर्ब मध्ये एमालेले पनि भाग राम्रै भाग पाएको बताइन्छ । जबकी केपीले हिन्दुवादीको मत तान्न पशुपतिमा एक क्वीन्टल सुनको लेपन लगाउने र सुनको जलहरी राख्ने निर्देशन दिएर १२ किलो सुन गायब हुँदा समृद्धीको नारा ठान्दैछन् ।
अब एकै दलको बहुमत आउँदैन । मोर्चामा धेरै सिट जसरी आउँछ एमाले त्यसैगरी बढ्छ । केपीलाई पुनः आँफै प्रधानमन्त्री बन्नुछ । वाममोर्चाका कुरा उनले सुनेका छैनन् । जहाँ संगठनको बारेमा छलफल हुँदैन । सिद्धान्तको बारेमा बहस हुँदैन । गरिबको झुपडी, किसान र मजदुरको समस्या पार्टीको एजेण्डा बन्दैन । सामुहिकताकै कुरा स्थायी समितिमा छ । पोलिटव्यूरो छ । ३४५ जनाको जम्बो केन्द्रीय समिति पनि छ । छलफल भने हुँदैन । तर एमाले कम्युनिष्टले गरिबको हित गर्दैन भन्ने कुरा ४१ महिने सरकार चलाउँदा देखियो । जनसरोकारको कुराभन्दा कोरोनाले देशमा भयाभव हुँदासमेत ओम्नी र हुकामेकै काम प्यारो भयो । कमिसनको कुरा बढी त्यहाँ छ । गरिबको समस्याभन्दा त्यहा पशुपतिमा सुनको जलहरी र चितवनको माडीमा रामसीताको मन्दिर निर्माणमा केपी ओलीले चासो दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *